राभाङ्ला, 05 सेप्टेम्बर (हि.स.)। पूर्वोत्तरमा उच्च शिक्षालाई नयाँ आकार दिने एक अभूतपूर्व कदम अन्तर्गत, राष्ट्रिय प्रविधि संस्थान सिक्किम (एनआईटी सिक्किम) ले भारतीय प्रबन्धन संस्थान विशाखापट्टनम (आईआईएमभी) सँग एक समझदारी ज्ञापन (एमओयू) मा हस्ताक्षर गरेको छ। 4 सेप्टेम्बर, 2025 मा एक अनलाइन समारोहको क्रममा शुरु गरिएको यो सहकार्य एनआईटी सिक्किमका बी.टेक र एम.टेक विद्यार्थीहरूलाई आफ्नो प्राविधिक अध्ययनका साथ-साथै आईआईएम विशाखापट्टनमबाट एमबीए गर्ने अनौठो अवसर प्रदान गर्नका लागि डिजाइन गरिएको एक अग्रणी शैक्षिक साझेदारीको शुरुआतको प्रतीक हो। उक्त जानकारी आज पीआईबीले दिएको छ।
यस सम्झौता ज्ञापनमा एनआईटी सिक्किमका निर्देशक प्रोफेसर एमसी गोविल, आईआईएम विशाखापट्टनमका निर्देशक प्रोफेसर एम चन्द्रशेखर, केन्द्रीय वित्तपोषित प्राविधिक संस्थानहरू, राष्ट्रिय महत्त्वका संस्थानहरू (पीजीपीएमसीआई) को प्रबन्धनमा स्नातकोत्तर कार्यक्रमका अध्यक्ष प्रोफेसर एम शमीम जावेद, डीन, सङ्काय सदस्यहरू र दुवै संस्थानका अन्य शैक्षिक अगुवा सहित धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा यो हस्ताक्षर गरिएको थियो।
यस कार्यक्रममा बोल्दै एनआईटी सिक्किमका निर्देशक प्रोफेसर एमसी गोविलले यस सहकार्यको परिवर्तनकारी क्षमतामाथि प्रकाश पार्दै भने, “यो संयुक्त उद्यम एनआईटी सिक्किमको लागि एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। यसले हाम्रा विद्यार्थीहरूलाई प्राविधिक र प्रबन्धकीय विशेषज्ञतालाई एकीकृत गर्ने एक अनौठो अवसर प्रदान गर्नेछ, जसले उनीहरू विभिन्न उद्योगहरूमा नेतृत्वकारी भूमिकाको लागि तयार हुँदछन्। बी.टेक वा एम.टेक अध्ययन पूरा गर्दै देशको कुनै पनि प्रमुख प्रबन्धन संस्थानबाट एमबीए गर्ने क्षमता एक अमूल्य फाइदा हो, जसले उनीहरूलाई प्रतिस्पर्धी वैश्विक नोकरी बजारमा अलग पहिचान दिलाउनेछ।”
दोहोरो डिग्री भएको एमबीए कार्यक्रमको अतिरिक्त, यो एमओयूले एनआईटी-सिक्किमका विद्यार्थीहरूलाई आफ्नो स्नातक (बी.टेक) अध्ययनको क्रममा आईआईएम विशाखापट्टनमबाट बिजनेस म्यानेजमेन्टमा डिप्लोमा (डीबीएम) हासिल अवसर पनि प्रदान गर्दछ।
आईआईएम विशाखापट्टनमका निर्देशक प्रोफेसर एम चन्द्रशेखरले भने, “आईआईएम विशाखापट्टनम र एनआईटी सिक्किम बीचको साझेदारीले अन्तरविषय शिक्षणको लागि अवसर पैदा गर्दछ र एक यस्तो माहोललाई बढावा दिनेछ जहाँ विद्यार्थीहरू प्राविधिक र प्रबन्धन दुवै क्षेत्रमा अघि बढ्न सक्छन्। यस कार्यक्रमको व्यापकता, जसले विद्यार्थीहरूलाई सीएटी परीक्षा नदिई एमबीए गर्न सक्षम बनाउँछ। यसलाई भविष्यका अगुवाहरूको लागि एक रोमाञ्चक र सुलभ विकल्प बनाउँछ।”
यो सहकार्य राष्ट्रिय शिक्षा नीति (एनईपी) 2020 का लक्ष्यहरू अनुरूप छ, जसले शिक्षामा अन्तरविषय शिक्षण, लचिलोपन र नवाचारलाई प्रोत्साहन गर्दछ।
हिन्दुस्थान समाचार / बिशाल