कोलकाताको नामी गन शपमा 41 वटा अवैध बन्दुक जफत, तीन जना मालिक पक्राउ
कोलकाताको नामी गन शपमा 41 वटा अवैध बन्दुक जफत, तीन जना मालिक पक्राउ


कोलकाता, 5 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले गए बिहीवार राती शहरको एक नामी गगन शपमा छापा मारेर तीन जना मानिलकहरूलाई पक्राउ गरेको छ। यस अवधि शपबाट 41 वटा अवैध बन्दुकहरू जफत गरियो जसमा एक नाले र दुई नाले दुवै प्रकारका बन्दुकहरू सामेल छन्।

यो कारबाही कोलकाताको बीबीडी बागस्थित ‘नरसिंग चन्दर एण्ड दा’ नामक लाइसेन्सी गन शपमा गरिएको हो। एसटीएफको जाँचमा थाहा लागे अनुसार पसलको माध्यमबाट अवैध ढंगमा बन्दकहरूको किनबेच भइरहेको थियो। पसलबाट जफत गरिएका बन्दुकहरूको कुनै पनि आधारिकारिक रेकर्ड थिएन।

एसटीएफले बतायो, यो मामिला पहिलाबाटै रहाड़ा थानामा दर्ता एक केससित जोड़िएको छ जसको जाँचको जिम्मा पछि एसटीएफलाई सुम्पिइएको थियो। जाँचमा पत्तो लाग्यो, केही मानिसहरूले पसलबाट अवैध रूपमा बन्दुक खरिद गरेर त्यसलाई महँगो दाममा बिक्री गर्दै आइरहेका थिए। यसै सिलसिलामा गए बिहीवार राति गरिएको छापामारीमा ठूल सख्यामा हतियार जफत गरियो।

यस मामिलामा पक्रा पर्ने आरोपीहरूको पहिचान गिरीश पार्क निवासी सुबिर दास, अभिर दास र शुभ्रता दासको रूपमा भएको छ। यी तीनैजना पसलक साझेदार अनि मालिक रहेको बताइएको छ।

एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले शुक्रवार अपरान्ह यस मामिलाको जानकारी गराउँदै भने, जाँच जारी छ र यो पत्तो लगाउने चेष्टा गरिँदैछ कि यी अवैध हतियारहरूको सप्लाई कहाँ-कहाँसम्म गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande