वाराणसी, 05 सेप्टेम्बर (हि.स.)। वाराणसीमा सिगरा थाना क्षेत्रका प्रभारी निरीक्षक संजय मिश्राले कैन्ट रेलवे स्टेशनदेखि इंग्लिशिया लाइन क्षेत्रमा दोकानहरूको शिकायतमा सात महिलालाई पक्राउ गरिएको जानकारी दिएका छन्।
उनले बताए, वाराणसीको ग्रामीण क्षेत्र र वरपरका जिल्लाबाट आएर यी महिलाहरूले स्टेशन रोडमा बटुवाहरूसित झगड़ा गर्नु र मानिसहरूसित अभद्रता गर्नेगर्थे। आफै मानिसहरू सामू अव्यवहारिक कृत्य गरेर उनीहरूलाई देह व्यापारतिक लैजाने कार्य पनि गर्दै आएका छन्।
प्रभारी निरीक्षकले बताए, शुरूआती जाँचमा यो कुनै गिरोहको सदस्य नभएर अलग-अलग यस कामलाई गर्न कैन्ट क्षेत्रमा एकत्र हुनेगरेको थाहा लागेको छ। यिनीहरूलाई क्षेत्रको शान्ति व्यवस्थालाई भंग गरेका धाराहरूमा पक्राउ गरिएको छ र कठोर कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी