बाढ़ी पीड़ितहरूसित भेट गर्न शास्त्री पार्क पुगे अरविन्द केजरीवाल, राहत क्याम्पले जायजा लिए
बाढ़ी पीड़ितहरूसित भेट गर्न शास्त्री पार्क पुगे अरविन्द केजरीवाल, राहत क्याम्पले जायजा लिए


नयाँ दिल्ली, 5 सेप्टेम्बर (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक अरविन्द केजरीवाल शुक्रवार बाढ़ी पीड़ितहरूसित भेट गर्न शास्त्री पार्कमा पुगे। यस अवधि उनले राहत क्याम्पहरूको जायजा लिए अनि बाढ़ी प्रभावित मानिसहरूलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिए।

अरविन्द केजरीवालले आज निरीक्षण अवधि भने, दिल्लीका तमाम क्षेत्रहरूमा बाढ़ी आएको छ, यमुना नदीको किनारमा बस्ने गरीब मानिसहरूलाई राहत शिविरहरूमा पठाइएको छ। तर यहाँ उनीहरूलाई भोजन, पिउने पानी सम्म प्राप्त भइरहेको छैन। यिनीहरूको लागि पर्याप्त व्यवस्था गरियोस्।

केजरीवालले भने, राहत शिविरहरूमा समयमा भोजन प्राप्त भइरहेको छैन, पिउने पानीको समस्या छ साथै लामखुट्टेको प्रकोप व्याप्तछ, तर यसलाई कम गर्नको लागि कुनै व्यवस्था गरिएको छैन। उनले भने, राहत शिविरहरूमा बस्ने मानिसहरूले बताए कि टेन्ट हिजो मात्र लगाइएको थियो जबकि पानी पहिलाबाटै परिरहेको थियो।

अरविन्द केजरीवालले भने, सबैलाई थाहा छ यो एक प्राकृतिक आपदा हो, तरर मानिसहरूको लागि सबै व्यवस्था गर्ने जिम्मेवारी सरकारको हो।

उनले सरकारसित अपील गरेका छन्, राहत शिविरहरूमा मानिसहरूलाई सबै सुविधा दिइयोस्। दिल्लीको हरेक ठाउँ जलमग्न भएको छ, यसको पछाड़ि धेरैवटा कारणहरू हुनसक्छ। समयमा लेदो निकालिएन, नालीहरूको सर-सफाई सममा भएको छैन।

केजरीवालले केन्द्र सरकारसित देशमा बाढ़ी प्रभावित राज्यहरूलाई राहत प्रदान गर्ने तथा अधिकभन्दा अधिक सुविधाहरू उपलब्ध गराउने अपील गर्दै भने, अहिलेघरि सबै ठाउँमा बाढ़ी जस्तै स्थिति उत्पन्न भएको छ। यसको निम्ति सबै पार्टीहरूले मिलेर काम गर्न आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande