शिक्षक दिवसमा मुख्यमन्त्रीले दिए डा. सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली
शिक्षक दिवसमा मुख्यमन्त्रीले दिए डा. सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली


गुवाहाटी (असम), 05 सेप्टेम्बर (हि.स.)। शिक्षक दिवसको अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज देशका पूर्व राष्ट्रपति औ महान दार्शनिक डा. सर्वपल्ली राधाकृष्णनलाई श्रद्धाञ्जली अर्पण गरे।

मुख्यमन्त्रीले भने, सनातन संस्कृतिमा गुरूलाई परमब्रह्म समान मानिएको छ। डा. राधाकृष्णन जस्ता विद्वान जसले देशको सर्वोच्च पदमा राष्ट्रपतिको रूपमा सेवा दिए, उनको जन्मदिवसलाई शिक्षक दिवसको रूपमा मनाउनु हाम्रो लागि गर्वको कुरा हो।

उनले यस अवसरमा देशभरिका सबै शिक्षकहरूप्रति पनि आफ्नो गहिरो श्रद्धा अनि आभार व्यक्त गर्दै भने, शिक्षकहरूले समाज अनि भावी पिँढ़ीको निर्माणमा आफ्नो अमूल्य योगदान दिन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande