मुख्यमन्त्रीले पद्मश्री इन्दिरी मिरीको पुण्यतिथिमा श्रद्धाञ्जली दिए
मुख्यमन्त्रीले पद्मश्री इन्दिरी मिरीको पुण्यतिथिमा श्रद्धाञ्जली दिए


गुवाहाटी, 05 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज महान शिक्षाविद् एवं समाज सुधारक पद्मश्री इन्दिरा मिरीको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे।

मुख्यमन्त्रीले भने, उत्तर-पूर्व क्षेत्रमा ज्ञान एवं प्रज्ञाको प्रसारमा इन्दिरा मिरीको अमूल्य योगदानले समाजलाई सदैव आलोकित गरिरहनेछ। उनले भने, उनको तीक्ष्ण बुद्धि, अथक परिश्रम एवं संघर्षले उनलाई आत्म-स्थापना दिलायो अनि उनी हरेक पिँढ़ीको लागि प्रेरणा श्रोत बन्न पुगे।

डा. सरमाले उनलाई एक जना सशक्त व्यक्तित्व बताउँदै भने, उनको स्मृति सदैव अविस्मरणीय रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande