कोलकाता, 5 सेप्टेम्बर (हि.स.)। लामो समयककोक प्रतीक्षा पश्चात अन्ततः सियालदह-बनगाउँ शाखामा शुक्रवारदेखि वातानुकूलित लोकल ट्रेनको सेवा आरम्भ भयो। यो ट्रेन बिहान रानाघाटदेखि बनगाउँ आइपुग्यो, त्यसपछि त्यहाँदेखि सिलायदह तर्फ प्रस्थान भयो। रेलवे अधिकारीहरू अनुसार यस नयाँ सुविधालाई लिएर यात्रीहरूमा व्यापक उत्साह देख्न पाइयो।
बिहान 7 बजेर 11 मिनटमा रानाघाटदेखि प्रथम वातानुकूलित लोकल ट्रेनले बनगाउँतर्फ प्रस्थान गऱ्यो अनि 7 बजेर 44 मिनटमा बनगाउँ स्टेशनमा पुग्यो। त्यसपछि 7 बजेर 55 मिनटमा यो ट्रेन सियालदहतर्फ प्रस्थान भयो। लगभग 80 किलोमीटरको दूरत्व तय गर्दै यो ट्रेन ठाकुरनगर, गोबरडांगा, हाबरा, दत्तपुकुर, बारासात, मध्यमग्राम, दमदम क्याटोनमेन्ट, दमदम जंक्शन र विधाननगर रोड जस्ता महत्वपूर्ण स्टेशनहरूमा रोकियो भने 9 बजेर 37 मिटनमा सियालदह आइपुग्यो।
रेलवेको बयान अनुसार साँझ 6 बजेर 14 मिनटमा यो ट्रेन सियालदहदेखि प्रस्थान हुनेछ अनि 8 बजेर 5 मिनटमा बनगाउँ पुग्नेछ। अन्तिम स्टेशन रानाघाटमा यो ट्रेन राती 8 बजेर 41 मिनटमा पुग्नेछ।
यात्रीहरूले यस नयाँ सेवालाई राहत दिने बताउँदै भने, बिहान निन्द्रासरीको यात्रा होस् वा साँझको थकानपूर्ण यात्रा, एसी लोकलमा यात्रा अब धेरै आरामदायक हुनेछ। तथापि सामान्य लोकल ट्रेनको तुलामा यसको भाड़ा अधिक छ, तथापि भीड़देखि बच्न र आरामदायक यात्राको लागि यात्रीहरू अतिरिक्त खर्च गर्न तयार छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा