मुख्यमन्त्री ममता ब्यानर्जीले ओणको शुभकामना दिइन्
मुख्यमन्त्री ममता ब्यानर्जीले ओणको शुभकामना दिइन्


कोलकाता, 05 सेप्टेम्बर (हि. स.)। मुख्यमन्त्री ममता ब्यानर्जीले ओणमको अवसरमा मानिसहरूलाई हार्दिक शुभकामना दिइन्। उनले आफ्नो सन्देशमा भनिन्, यो पर्वले सबैको जीवनमा खुशी अनि समृद्धि लिएर आओस्। मुख्यमन्त्रीले लेखिन्, ओणमको हर्षोल्लासपूर्ण अवसरमा हार्दिक शुभकामना। यो पर्वले तपाईहरूको जीवनमा अपार आनन्द र समृद्धि लिएर आओस्।

वास्तवमा ओणम दक्षिण भारत, विशेष गरी केरलको प्रमुख तिहार हो। यो पर्वलाई भगवान महाबलीको स्मरणमा मनाइन्छ। मान्यता छ, यस दिन भगवान महाबलीले धरतीमा आएर आफ्ना मानिसहरूसित भेट गर्दछन्। ओणम फसल कटाईसित जोड़िएको पर्व पनि हो जसलाई समृद्धि अनि खुशियालीको प्रतीक मानिन्छ।

ओणम दश दिनसम्म चल्ने महापर्व हो। घरको आँगनमा फूलहरूको सजावट गरिन्छ जसलाई ‘पुकलम’ भनिन्छ। पारम्परिक नृत्य, नौका दौड़ तथा विशेष भोज ‘ओणम सद्या’ यसको खास पहिचान हो। मानिसहरूले नयाँ वस्त्र धारण गर्दछन् अनि परम्परागत व्यञ्जनहरूको आनन्द लिन्छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande