शिक्षक दिवसमा ममता ब्यानर्जीले दिइन् शुभकामना, शिक्षकहरूलाई बताइन् समाजको असली धरोहर
शिक्षक दिवसमा ममता ब्यानर्जीले दिइन् शुभकामना, शिक्षकहरूलाई बताइन् समाजको असली धरोहर


कोलकाता, 05 सेप्टेम्बर (हि. स.)। शिक्षक दिवसको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले देशका दोस्रो राष्ट्रपति एवं महान दार्शनिक डा. सर्वपल्ली राधाकृष्णनलाई नमन गर्दै शिक्षक दिवसमा शिक्षक, प्राध्यापक तथा शिक्षासित जोड़िएका सम्पूर्ण कर्मीहरूलाई शुभकामना दिइन्। उनले भनिन्, आगामी पिँढ़ीलाई ज्ञान एवं संस्कार दिनको पछाड़ि सबभन्दा ठूलो योगदान शिक्षकहरूकै हुनेछ।

ममता ब्यानर्जीले आफ्नो सन्देशमा भनिन्, शिक्षक नै ती असली कारीगर हुन् जसले नयाँ पिँढ़ीलाई शिक्षारूपी प्रकाशले आलोकित पार्दछन्। उनले समाजमा शिक्षकहरूको यस भूमिकालाई अतुलनीय बताउँदै उनीहरूप्रति आफ्नो श्रद्धा व्यक्त गरिन्।

मुख्यमन्त्रीले बताइन्, राज्य सरकारको पक्षबाट शिक्षक दिवसको आयोजन पूर्ण सम्मान एवं गरिमा पूर्वक गरिनेछ। यस अवसरमा विभिन्न विद्यालय तथा औद्योगिक प्रशिक्षण संस्थानहरूका चयनित शिक्षकहरूलाई ‘शिक्षारत्न’ सम्मान प्रदान गरिनेछ। साथै राज्यको सर्वश्रेष्ठ विद्यालयहरूलाई पनि पुरस्कृत गरियो।

कार्यक्रममा ती मेधावी छात्र-छात्राहरूलाई पनि सम्मानित गरियो जसले यस वर्षको माध्यमिक, उच्च माध्यमिक, जोइन्ट एन्ट्रेन्स, आलिम, फाजिल, हाई मदरसाह, आईसीएसई, आईएससी, सीबीएसई औ व्यावसायिक परीक्षाहरूको मेरिट सूचीमा स्थान पाएका छन्।

ममता ब्यानर्जीले अन्तमा सबै शिक्षक तथा विद्यार्थीहरूलाई पुनः शुभकामना दिँदै भनिन्, शिक्षा नै त्यो शक्ति हो जसले समाजलाई नयाँ दिशा अनि ऊर्जा प्रदान गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande