कोलकाता, 05 सेप्टेम्बर (हि.स.)। दक्षिण 24 परगना जिल्लाको मन्दिर बजार थाना क्षेत्रमा शुक्रवार भोर बिहान माटोले बनिएको घरको भित्ता अचानक भत्किएर झरेपछि आमा सहित दुई जना छोरीको दबिएर मृत्यु भयो। यस घटनाको कारण सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।
स्थानीय सूत्र मुताविक मन्दिर बजारको कामारपाड़ा क्षेत्र निवासी बृहस्पति कर्मकार (43) आफ्नो घरमा आफ्ना दुई छोरीहरू क्रमैले शिला कर्मकार (15) र प्रिया कर्मकार (10)-सित सुतिरहेकी थिइन्। भोर बिहान अचानक कच्चा घरको भित्ता विस्फोटक आवाजसितै भत्किएर झऱ्यो जसको अवशेषहरूमा आमा-छोरीहरू पुरिए। तीव्र आवाज सुनेर छिमेकीहरू घटनास्थलतर्फ दौड़िए। उनीहरूले अवशेषहरूमा पुरिएका आमा-छोरीहरूलाई बाहिर निकालेर अस्पतालमा पुऱ्याए जहाँ डाक्टरहरूले तीनै जनालाई मृत घोषित गरिदिए। यसबीच स्थानीयहरूले पुलिसलाई पनि घटनाको सूचना दिए।
जानकारी अनुसार हालैमा कर्मकार परिवारलाई ‘बंगला आवास योजना’ अन्तर्गत पक्का घर निर्माणको निम्ति दोस्रो किस्ताको धनराशि प्राप्त भइसकेको थियो, तर निर्माण कार्य शुरू हुन सकेको थिएन। अविरल वर्षाको कारण माटोको घर भत्किनको साथै यसको धरातल कमजोर भएको थियो। जोखिम बारे जान्दा-जान्दै पनि परिवार त्यै घरमा बस्दै आइरहेको थियो।
पुलिसले घटनास्थलमा पुगेर तीनै वटा शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।दुर्घटनाको खबर पाएर मन्दिर बजारका विधायक जयदेव हलदार पनि पीड़ित परिवारसित भेट गर्न पुगे अनि हरसम्भव सहयोग गर्ने आश्वासन दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा