गुवाहाटी (असम), 05 सेप्टेम्बर (हि.स.)। उपराष्ट्रपति पदको लागि विपक्षका उम्मेद्वार बी. सुदर्शन रेड्डी आज असम आइपुग्नेछन्। यस अवधि उनले उत्तर-पूर्व क्षेत्रका विपक्षी राजनीतिक दलहरूका वरिष्ठ नेताहरूसित बैठक गर्नेछन्।
जानकारी अनुसार रेड्डीको यो बैठक गुवाहाटीस्थित होटल रेडिसन ब्लूमा आयोजित हुनेछ जसमा विभिन्न पूर्वोत्तर राज्यका विपक्षी दलहरूका नेताहरू सामेल हुनेछन् अनि चुनावी रणनीतिमाथि चर्चा गर्नेछन्।
विपक्षले यस बैठकलाई उपराष्ट्रपति चुनाउपूर्व पूर्वोत्तरको समर्थन जुटाउन अनि क्षेत्रीय दलहरूलाई एकजुट गर्ने प्रयासको रूपमा हेरिँदैछ। राजनीतिक विश्लेषकहरूको मान्यता छ, रेड्डीको असम यात्राबाट विपक्षी एकतालाई बल मिल्नेछ अनि चुनावी समीकरणहरूमाथि प्रभाव पर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा