नयाँदिल्ली, 5 सेप्टेम्बर (हि.स.)। दिल्लीको किशनगढ़ क्षेत्रबाट पुलिसले एक निजी एयरलाइनका 31 वर्षीय पायलटलाई पक्राउ गरेको छ। पालटमाथि आरोप लागेको छ, उसले भीड़भाड़ रहने शनि बजारमा एक जना महिलाको अनुमति बिनै ‘लाइटर’-को आकारमा रहेको स्पाई क्यामराबाट भीडियो बनायो। यो मामिला गत 30 अगस्तको राति लगभग 10:20 बजीको हो। सिकायतकर्ता महिलाले आरोप लगाई, शनि बजारमा गएको बेला उसको वरिपरी एक जना व्यक्ति संदिग्ध रूपमा घुमिरहेको देखियो। उसको हातमा यस्तो उपकरण थियो जुन हेर्दा साधारण लाइटर जस्तै थियो। तर त्यसमा स्पाई क्यामरा थियो। महिलालाई शंका लागेपछि उसले तुरून्त पुलिसलाई सूचना दिई।
दक्षिण-पश्चिम जिल्लाका पुलिस उपायुक्त अमित गोयलले शुक्रवार बताए, सिकायत प्राप्त भएपछि किशनगढ़ थानामा मामिला दर्ता गरियो। मामिलालाई गम्भीर रूपमा लिँदै थाना प्रभारी इन्स्पेक्टर अजय कुमार यादवको नेतृत्वमा एक विशेष टीम गठन गरियो। जाँच टीममा एसआई दिव्या यादव सहित केही पुलिसकर्मीहरूलाई सामेल गरियो। उनले बताए, पुलिसले सबैभन्दा पहिला घटनास्थल र यस वरपरको सीसीटीभी क्यामराको फुटेजको जाँच गऱ्यो। फुटेज अनि गुप्त सूत्रको सहयोगमा आरोपीको पहिचान मोहित प्रियदर्शीको रूपमा गरियो जो मूल रूपमा उप्रको अगरास्थित सिभिल लाइन क्षेत्रका निवासी हो र एक निजी एयरलाइनमा पायलटको रूपमा कार्यरत छ।
पुलिस टीमले आरोपी मोहितलाई खोजेर हिरासतमा लियो। उसको लाइटर जस्तो क्यामरा पनि जफत गरियो। जाँचमा सामु आएको छ, आरोपीले यस डिभाइसको माध्यमबाट गुप्त रूपमा महिलाहरूको भीडियो बनाउँथ्यो। यस किसिमको कृत्य उसले आफ्नो व्यक्तिगत सन्तुष्टिको निम्ति गर्दै आएको मोहितले स्वीकार गरेको छ। पुलिसले यस मामिलामा केही धाराहरू अन्तर्गत मुद्दा दर्ता गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा