कोलकाता, 5 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा वर्षाको सिलसिला लगातार जारी छ। दक्षिण बंगालका केही जिल्लाहरूमा छरिएको वर्षा भइरहेको छ। कोलकाता पनि यसबाट अछुतो छैन। उत्तर पश्चिम बंगालको खाड़ीमा एक निम्न दबाव क्षेत्र बनिएको भए पनि यसको सोझो प्रभाव बंगालमा हाल पर्नेछन। तर सक्रिय मौसमी अक्षरेखा र बढ़्दो आद्रताले चिन्ता बढ़ाएको छ। त्यसले सप्हान्तसम्ममा बंगालका केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने पूर्वानुमान छ।
मौसम विभागले बतायो, शुक्रवार भारी वर्षा हुनसक्ने अनुमान छ, तर केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ जसमा हावड़ा, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, बीरभूम औ मुर्शिदाबाद सामेल छन्। तटीय र वरपरका जिल्लाहरूमा 30-40 किलोमीटर प्रतिघण्टाको गतिमा तीव्र हावा चल्नसक्छ।
शुक्रवार कोलकाताको आकाशमा आंशिक रूपमा बादल लाग्नेछ। शहरमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। अधिकतम तापमान 32 डिग्री औ न्यूनतम तापमान 27 डिग्री सेल्सियस रहने अनुमान छ।
उत्तर बंगालका केही जिल्लाहरूमा पनि वर्षाको प्रभाव देखिनेछ। शुक्रवार अलिपुरद्वार जिल्लामा घना वर्षा हुने सम्भावना भने दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, कुचबिहार तथा उत्तर दिनाजपुरमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। आइतवारदेखि बुधवारसम्म यी जिल्लाहरूमा छरिएको वर्षा हुने पूर्वानुमान छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा