सिलगढ़ी, 5 सेप्टेम्बर (हि.स)। भारत-नेपाल सीमा क्षेत्र पानीट्यांकीमा एक जना इण्डोनेशियाली महिलालाई सशस्त्र सीमा बल (एसएसबी)-ले जाली दस्तावेजहरूसितै पक्राउ गरेको छ। उक्त महिलालाई नेपालमा प्रवेश गर्दै गर्दा एसएससीबेल समातेको हो। पक्रा पर्ने महिलाको भारतीय आधार औ प्यान कार्डमा निनयोमन मुरनी अंकित छ भने इण्डोनेशियाली दस्तावेजमा उसको नाम निकदेक सिसियानी अंकित छ।
एसएसबी सूत्र अनुसार पक्रा पर्ने महिलाले गए बिहीवार नेपाल जानको लागि भारत-नेपाल सीमामा आफूलाई भारतीय बताइन्। आफ्नो आधार कार्ड देखाएर सीमा पार गर्ने चेष्टा गर्दा महिलामाथि जवानहरूलाई शंका लाग्यो। त्यसपछि महिलाको जाँच गर्दा उसको इण्डोनेशियाको दस्तावेज भेटियो।
जाँचबुझमा एसएसबीलाई थाहा लाग्यो, महिला आफ्नो भारतीय आधार कार्ड देखाएर मुम्बईमा बस्दै आएकी थिइन्। तिनी नेपाली पर्यटन भिजामा इण्डोनेशियादेखि काठमाण्डौं आएकी थिइन्। तिनले आफ्नो भारतीय आधार कार्ड देखाए सीमा पार गरी मुम्बई पुगिन्। महिलालाई बिहीवार नेपाल फर्किने क्रममा पक्राउ गरियो। त्यसपछि एसएसबीले महिलालाई अग्रिम कारबाहीको लागि खोरीबाड़ी थानामा सुम्पिदियो। महिलाले भारतीय आधार कार्ड कसरी हासिल गरेकी थिई त्यसबारे भने हाल केही पत्तो लाग्न सकेको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा