श्रीनगर, 5 सेप्टेम्बर (हि.स.)। लद्दाखमा पर्वतारोहण अभियान अवधि बिमार भएर भएर एक जना दक्षिण कोरियाली नागरिकको मृत्यु भयो भने अर्को एक जना गम्भीर रूपमा घाइते भए। सेनाले बताए अनुसार दुई जना दक्षिण कोरियाली नागरिक हिजो लद्दाखको कोंगमारुला पर्वत नजिकमा पुगेर गम्भीर रूपमा बिमार भए जसपश्चात राति नै अग्लो पर्वतमा बचाउ अभियान संचालन गरियो।
लेहस्थित फायर एण्ड फ्यूरी कोरको आर्मी एभिएशन हेलिकप्टरले पूर्व तयारी बिनै चुनौतीपूर्ण अभियानलाई परिणाम दियो।
पर्वतारोहीहरूलाई तत्काल चिकित्सा उपचारको लागि लेहको सोनम नर्बु मेमोरियल अस्पतालमा लगियो।
समयमा बचाउ अभियान संचालन गरिएको भए पनि एक जना पर्वतारोहीलाई बचाउन सकिएन। सेनाको फायर एण्ड फ्यूरी कोरले शोक व्यक्त गरेको छ।
सेनाले लद्दाखमा प्रायः जसो नै यस्ता उच्च जोखिमपूर्ण मानवीय मिशनहरूलाई परिणाम दिएको छ जहाँ अत्यधिक भू-भाग तथा उच्चताले साहसी मानिसहरूलाई असुरक्षित बनाइदिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा