रहड़ामा चोरीको सामान जफत, कबाड़ी पक्राउ
रहड़ामा चोरीको सामान जफत, कबाड़ी पक्राउ


उत्तर 24 परगना, 05 सेप्टेम्बर (हि.स.)l रहड़ा थाना क्षेत्रमा अल्पना धरको घरस्थित काली मन्दिरबाट अज्ञात चोरहरूद्वारा चोरी गरिएको मामिलामा पुलिसलाई ठूलो सफलता हात लागेको छ। प्राप्त सूचनाको आधारमा रहड़ा थाना पुलिसले रूइया बकुलतलास्थित शरिफ अली सरदार उपाम सागरको कबाड़ पसलमा छापा माऱ्यो। यस अवधि पुलिसले मन्दिरबाट चोरी गरिएको पितल र ताँबाका वस्तुहरू जफत गरेको छ।

पुलिसले छापामारीमा जफत गरिएका वस्तुहरूमा दुईवटा पितलको गाग्रो, चार वटा पितलको प्लेट, एउटा ताँबाको प्लेट, चार वटा पितलको गिलास, एउटा पितसको सिंहासन, एउटा पितलको धूपदानी, दुईवटा पितलको खुट्टा आकारको सामान, दुईवटा ताँबाको कोषाकुशी, एउटा ताँबाको पञ्चपात्र सामेल छन्।

पुलिसले आरोपी शरिफ अली सरदार उपनाम सागर (23) जो टिटागढ़ निवासी हो,-लाई पक्राउ गरेको छ। उमाथि आरोप लागेको छ, उसले मन्दिरबाट चोरी गरिएका वस्तुहरू चोरहरूबाट किनेर लुकाएर राखेको थियो।

यस सम्बन्धमा रहड़ा थानामा केस नम्बर 260/25, दिनांक 03.09.25, धारा 303(2)/317(2) बीएनएस अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande