मुम्बई, 05 सेप्टेम्बर (हि.स.)। वाहनहरूमा मानव बम हुने आतंकवादी धम्की पाएपछि शुक्रवार मुम्बईमा पुलिस सुरक्षा बढ़ाइएको छ। यस धम्कीपूर्ण म्यासेजको सिकायत मुम्बई पुलिसले दर्ता गरेको छ र धम्की दिने व्यक्तिलाई खोजिरहेको छ।
मुम्बई पुलिस सूत्रले शुक्रवार बतायो, मुम्बई ट्राफिक कन्ट्रोल रूमलाई गए बिहीवार राति उसको आधिकारिक व्हाट्सएप नम्बरमा आतंकवादी धम्कीको म्यासेज प्राप्त भयो। यो म्यासेज एउटा मोबाइल नम्बरबाट पठाइएको थियो जसमा दाबी गरिएको थियो, शहरभरि वाहनहरूमा केही मानव बम राखिएको छ। म्यासेज पठाउनेले आरडीएक्स मार्फत व्यापक रूपमा हमला गर्ने चेताउनी दिएको छ। उसले आफूलाई पाकिस्तानस्थित जिहादी समूहको सदस्य बताउँदै दाबी गऱ्यो, 14 जना आतंकवादीहरू शहरमा पसेका छन्।
यस धम्कीपूर्ण म्यासेजलाई तुरून्त नियन्त्रण कक्षमा पठाइयो। मुम्बई पुलिसले म्यासेज पठाउने व्यक्ति विरूद्ध मामिला दर्ता गरी जाँच शुरू गरेको छ। साथै धम्कीको सत्यताको पुष्टि गरिरहेको छ। गणेशोत्सवको बेलैमा यसप्रकारको आतंकवादी धम्की दिइएको कारण पुलिसले गम्भीर रूपमा लिँदै शहरमा सुरक्षा व्यवस्था बढ़ाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा