नयाँ दिल्ली, 5 सेप्टेम्बर (हि.स.)। दक्षिण दिल्लीको ग्रेटर कैलाश पार्ट-1 को आर ब्लकमा शुक्रवार बिहान एउटा अग्लो पर्खालको ठूलो भाग अचानक भत्केर झऱ्यो। पर्खाल झर्नसाथ त्यहाँका दुई वटा रूख ढलेर बाटो छेक्यो।
जानकारी अनुसार यो दुर्घटना बिहान लगभग 10:30 बजी भएको हो। पर्खाल भत्किएको आवाज तीव्र थियो जसले गर्दा वरपरका मानिसहरू पनि भयभित भए। पर्खालको छेउमा रहेका पाँच-छवटा वाहनहरू पनि क्षतिग्रस्त भएको छ।
दक्षिण जिल्लाका डीसीपी अंकित चौहानले बताए, घटनामा पेशाले चालक मनोज नामक व्यक्ति घाइते भए जसलाई नजिकैको अस्पतालमा लगियो। पुलस अनुसार लगभग 30-35 फुट अग्लो पर्खाल ढल्यो जुन टाटा टेलीकम र वन विभागको संयुक्त देखरेखमा थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा