मिरिकको ओकाइटी चियाबगानमा अजय एडवर्ड्सद्वारा निर्मित घरको उद्घाटन
मिरिकको ओकाइटी चियाबगानमा अजय एडवर्ड्सद्वारा निर्मित घरको उद्घाटन


मिरिक, 05 सेप्टेम्बर (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सद्वारा मिरिकस्थित ओकाइटी चियाबगानमा नवनिर्मित घरको उद्घाटन गरिएको छ। उद्घाटनको समय अजय एडवर्ड्स लगायत पार्टीका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

नवनिर्मित घर विगत केही दिन अघि मात्र आगलागीका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो। आगलागीको कारण सम्पूर्ण रुपले ध्वस्त बनेको घर ओकाइटी निवासी बन्धन छेत्रीको रहेको थियो, जुन घर अहिले नयॉं निर्माण गरेर अजय एडवर्ड्सले बन्धन अनि उनको परिवारलाई हस्तान्तरण गरेका छन्।

स्थानीय बासिन्दाहरुले इण्डियन गोर्खा जनशक्ति फ्रण्टको यस मानवीय पहलको खुलेर प्रशंसा गर्दै यसले तल्लो तहका समुदायहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। अजय एडवर्ड्सकको यस्तो सहयोगले पीड़ित परिवारलाई नयाँ जीवन शुरु गर्न मद्दत गरेको भन्दै कृतज्ञता प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande