महोबा, 05 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको महोबामा दबंगहरूले चुनावी शत्रुतालाई लिएर ग्राम प्रधानलाई लौरोले कुटेर घाइते बनाए औं ज्यानले मार्ने धम्की दिए। शिकायतको आधारमा पुलिसले आरोपीहरू विरूद्ध मामिला दर्ता गरी मामिलाको जाँच शुरू गरेर आरोपीहरूलाई समाउन छापामारी गरिरहेको छ।
जिल्लाको श्रीनगर थाना क्षेत्रको गाउँ बरा निवासी मलखान तिवारीले पुलिसलाई दिएको शिकायतमा बताए, उनी वर्तमानमा ग्राम प्रधान हुन् र 02 सेप्टेम्बरमा उन जितेन्द्र नामदेवको घरको दैलोमा बसेका थिए। तब गाउँकै दबंग भागीरथ, सौरभ यादव, फिरोज र सद्दाम निवासी खंडेह हमीरपुरले आएर उनलाई गाली गर्दै लौरोले कुट्नु शुरू गरे। हल्ला भएको सुनेर गाउँलेहरू उनलाई बचाउन आउँदा दंबगले उनलाई ज्यानले मार्ने धम्की दिँदै त्यहाँबाट भागे। प्रधानले आरोप लगाए, पूर्वमा भएका चुनावी शत्रुताको कारण दबंगहरूले उनीमाथि हमला गरिरहेका छन्। शुक्रवार थाना प्रभारी जयचन्द्र सिंहले बताए, शिकायतको आधारमा मामिला दर्ता गरिएको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी