गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। रियालिटी गायन प्रतियोगिता 'नेपाल आइडल- सिजन 6' की प्रथम उपविजेता बबिता थापा र फाइनलिस्ट मिलन विश्वकर्म शुक्रवार सिक्किम फर्किआएका छन्। शिक्षक दिवसका दिन आइपुगेका राज्यका दुई उदीयमान गायकहरूलाई आज रेमन्ती सङ्गीत एकेडेमीकी संस्थापक रेमन्ती राईले रम्फूमा स्वागत जनाइन्।
कलाकारहरूलाई स्वागत जनाउन कोमल गुरुङ, रेवना सिलाल, क्रिजु बस्नेत, जिल्ला पञ्चायत- साङखोला, माझीटारका पार्षद, बबिता थापा र मिलन विश्वकर्मका माता-पिता र एसकेएम सांस्कृतिक शाखाका प्रतिनिधिहरू उपस्थित थिए।
यस अवसरमा बबिता थापा र मिलन विश्वकर्मले आफ्ना अनुभवहरू साझा गर्दै नेपाल आइडलको यात्रामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल