संदिग्ध परिस्थितिहरूमा खेतमा भेटियो अधबैसेको शव
संदिग्ध परिस्थितिहरूमा खेतमा भेटियो अधबैसेको शव


अमेठी, 05 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको अमेठी जिल्लामा शुक्रवार बिहान मुसाफिरखाना थाना क्षेत्र अन्तर्गत संदिग्ध परिस्थितिमा अधबैसे व्यक्तिको शव फेला परेको छ। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले जाँच र आवश्यक कारबाही गरिरहेको छ।

मुसाफिरखाना थाना प्रभारी विवेक कुमार सिंहले बताए, जमवारी गाउँ निवासी कुंवर बहादुर सिंह (50) को शव आज बिहान धानको खेतमा फेला परेको छ।

परिजनहरूको भनाई छ, मृतक कुंवर बहादुर बिहिवारदेखिकै बेपत्ता थियो, जसको सूचना थानामा दिइएको थियो। हिजोदेखि पुलिसले उसलाई खोजिरहेको थियो तर उसको कुनै पत्तो लागेको थिएन। बिहान उसको शव एक धानको खेतमा देखियो। घटनाको सूचना पाउनसाथ तत्काल घटनास्थलमा पुलिस पुग्यो। साक्ष्य संकलनको निम्ति गौरीगंजबाट फोरेन्सिक टीम बोलाइयो। परिजनहरूको भऩाई छ, अज्ञात मानिसहरूले पेट्रोल हालेर उसको हत्या गरेका छन्। शवलाई कब्जामा लिएर पंचायतनामा भरेर पोस्टमार्टमको निम्ति पठाइएको छ। छिट्टै नै घटनाको खुलासा गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande