अमेठी, 05 सेप्टेम्बर (हि.स.)। अमेठी जिल्लाको रामगंज थाना क्षेत्र अन्तर्गत रामगंज रेलवे स्टेशन निकट बटुवाहरूले झाड़ीमा शव देखे। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवको पहिचान खोलायो। पुलिसले शवलाई आफ्नो कब्जामा लिएर आवश्यक वैधानिक कारबाही गर्दै जाँचमा जुटेको छ।
शुक्रवार बिहान प्राप्त सूचनाको आधारमा रामगंज थाना क्षेत्र अन्तर्गत रामगंज रेलवे स्टेशन निकट सड़क छेउ झाड़ीहरूमा बटुवाहरूले एक अधबैसेको शव देखे जसपछि क्षेत्रमा खैलाबैला मच्चियो। उक्त शवको छेउ उसको साइकल पनि थियो। बटुवा एवं स्थानीय मानिसहरूको सूचनामा घटनास्थलमा पुगेको पुलिसले शवको पहिचान खोलायो। शवको पहिचान रामगंज थाना क्षेत्र अन्तर्गत ग्राम पवारिया मजरे अग्रेसर निवासी राम बहाल (45) पुत्र रामसुखको रूपमा गरियो।
रामगंज थाना प्रभारी निरीक्षक इन्स्पेक्टर कृष्ण मोहन सिंहले बताए, सड़कको किनारमा भेटिएको शवको पहिचान भइसकेको छ। तत्काल फोरेन्सिक टीमलाई बोलाएर साक्ष्यको संकलन गरिएको छ। घटनास्थलमा पुलिस क्षेत्राधिकारी मनोज मिश्रले पनि पुगेर घटनास्थलको जायाज लिएका छन्। शवको पञ्चायतनामा भर्दै पोस्टमार्टमको निम्ति पठाइएको छ। परिजनहरूसित सोधपुछ गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी