राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा
राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा


गान्तोक, 05 सेप्टेम्बर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज राजभवनबाट माउण्ट जोङसोङ (7,462 मीटर) र माउण्ट डोमेखाङ (7,264 मीटर) को लागि संयुक्त पर्वतारोहण अभियानलाई हरियो झण्डा देखाएर प्रस्थान गराए। यो अभियान हिमालयन माउण्टेनियरिङ इन्स्टीट्यूट, दार्जिलिङ र भारतीय सेनाको त्रिशक्ति कोर अन्तर्गत प्रथम बटालियन, सिक्किम स्काउट्सद्वारा संयुक्त रूपमा सञ्चालन भइरहेको छ।

राज्यपालले पर्वतारोही दललाई शुभकानमा दिॅंदै यो पर्वतारोहण केवल एक साहसिक कार्य होइन, तर अनुशासन, प्रतिबद्धता र संकल्पको उदाहरण रहेको बताए। यो अभियानले युवाहरूमा साहसिक भावनालाई प्रोत्साहित गर्ने उनले विश्वास व्यक्त गरे।

राजभवन अनुसार, राज्यपालले टीमसॅंग अभियानको अवधि, मार्ग र चुनौतीहरूको सम्बन्धमा विस्तारपूर्वक जानकारी प्राप्त गरे। राज्यपाललाई यस अभियान अवधि अत्यधिक उचाई, हिउॅंको आँधी र अक्सीजनको कमी जस्ता कठोर परिस्थितिहरूको सामना गर्नुपर्ने विषयमा पनि अवगत गराइयो।

यस अवसरमा कर्नल रजनीश जोशी, टीम लीडर एवं एचएमआईका प्राचार्यले अभियानको रूपरेखाको विस्तृत जानकारी दिॅंदै यो अभियान तीन चरणमा पूरा गरिने बताए। उनीहरूले बताए, माउण्ट जोङसोङ विश्वको सबैभन्दा उच्च त्रिजङ्कशन जो, जहॉं भारत, चीन र नेपालको सिमाना मिल्छ।

राज्यपालले सेनाको त्रिशक्ति कोर र सिक्किम स्काउट्सको भूमिकाको सराहना गरे। उनले भने, यी सैनिकहरूले केवल सिमानाको सुरक्षा गर्दैनन्, उनीहरू युवाहरूका लागि प्रेरणाको स्रोत र पर्वतीय संस्कृतिका संवाहक पनि हुन।

कार्यक्रममा भारतीय सेनाको त्रिशक्ति कोर अन्तर्गत प्रथम बटालियन, सिक्किम स्काउट्सका कमाण्डिङ अफिसर कर्नल एसपी मनौली, सेनाका जवान र राजभवनका अधिकारीहरू र कर्मचारीहरू पनि उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande