खरसाङमा पैगम्बर मुहम्मदको 1500 औं जन्म जयन्ती हर्षोल्लासका साथ पालन
खरसाङमा पैगम्बर मुहम्मदको 1500 औं जन्म जयन्ती हर्षोल्लासका साथ पालन


खरसाङ, 05 सेप्टेम्बर (हि.स.)। खरसाङमा मुस्लिम समुदायद्वारा पैगम्बर मुहम्मदको 1500 औं जन्म जयन्ती हर्षोल्लासका साथ पालन गरिएको छ। प्रत्येक वर्ष झैं यसपाली पनि जोश र हर्षोल्लासका साथमा खरसाङको अञ्जुमान ई-ईस्लामियाको आयोजनामा मोहम्मदको 1500 औं जन्म जयन्ती पालन गरियो। यस अवसरमा खरसाङमा ऱ्याली पनि निकालिएको थियो।

उक्त ऱ्याली खरसाङ बजार स्थित मस्जिदबाट शुरु भएर बस टर्मिनलसम्म पुगेर पुनः मस्जिद आइपुगेर समाप्त भयो। मस्जिदमा आज शुक्रवार परेकाले नमाज पढेर सामूहिक प्रार्थना पनि गरिएको बताइएको छ।

पत्रकारहरुसित कुराकानी गर्दै अञ्जुमान ई-ईस्लामियाका मौलाना मोहम्मद जहिरुद्दीनले खरसाङमा हरेक वर्ष झैं यसपाली पनि जोश र हर्षोल्लासका साथमा मोहम्मदको 1500 औं जन्म जयन्ती पालन गरिएको बताए। उनले मानिसहरुले जोशका साथमा ऱ्यालीमा भाग लिएको बताउँदै प्रशासनप्रति आभार प्रकट गरेका छन्।

उनले आजको दिन विशेष रहेको बताउँदै मोहम्मदको 1500औं जन्म जयन्ती खरसाङका साथै विश्वभरि नै हर्षोल्लासका साथ पालन गरिएको जानकारी गराए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande