पर्खाल नाघेर घरमा पस्यो छिमेकी, महिलासित अश्लीलता
पर्खाल नाघेर घरमा पस्यो छिमेकी, महिलासित अश्लीलता


महोबा, 05 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको महोबा जिल्लामा पर्खाल नाघेर घरमा पसेको छिमेकी युवकले घरमा सुतिरहेकी महिलाको साथ अश्लील व्यवहार गऱ्यो। महिला चिच्याउँदा आरोपीले ज्यानले मार्ने धम्की दिँदै त्यहाँबाट भाग्यो। पीड़िताको शिकायतमा पुलिसले आऱोपी विरूद्ध मामिला दर्ता गरी मामिलाको छानबीन शुरू गरेको छ।

जिल्लाको खरेला थाना क्षेत्रको एक गाउँ निवासी महिलाले बताइन्, 02 सेप्टेम्बर राति उसको पति खेतको चौकीदारी गर्न गएको थियो र उ घरमा एक्लो सुतिरहेकी थिइ। तब छिमेकी अशोक राति लगभग 12 बजी मौका छोपेर घरको पर्खाल नाघेर भित्र पस्यो र आरोपीले उसको च्यादर तानेर अश्लील कृत्य गर्नथाल्यो। जब उसले अशोकलाई चिनिन् तब उसले गाली दिन थाल्यो र उ चिच्याउँदा ज्यानले मार्ने धम्की दिउँदै त्यहाँबाट भाग्यो।

महिला चिच्याएको सुनेर छिमेकीहरू एकत्र भए औं पीड़िताले घटनाको जानकारी आफ्नो पतिलाई दिइ। शुक्रवार थानाध्यक्ष खरेला सुषमा चौधरीले बताइन्, मामिलामा शिकायतको आधारमा आरोपी अशोक विरूद्ध धारा 333, 74 , 351(2),352 अन्तर्गत अभियोग दर्ता गरिएको छ। अहिले जाँच जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande