खतराको निशानदेखि माथि बगिरहेको यमुनाको जलस्तरमा सामान्य ह्रास
खतराको निशानदेखि माथि बगिरहेको यमुनाको जलस्तरमा सामान्य ह्रास


नयाँ दिल्ली, 5 सेप्टेम्बर (हि.स.)। दिल्लीमा खतराको निशानदेखि दुई मीटर माथि बगिरहेको यमुनाको जलस्तर शुक्रवार केही घटेको छ जुन बिहान 8 बजी 207.31 मीटर दर्ता गरिएको छ। हिजो नदीको जलस्तर 207.48मीटरमा पुगेको थियो। यमुनामा खतराको निशान 205.33 हो।

आधिकारिक जानकारी अनुसार यमुनाको जलस्तरमा शुक्रवार बिहान 8 बजी सामान्य ह्रास दर्ता गरियो। गए बिहीवार नदीको जलस्तर 207.48 मीटरमा पुगेको थियो भने शुक्रवार यसको जलस्तर 207.31 मीटरमा दर्ता गरिएको छ। तथापि यमुना संलग्न सम्पूर्ण क्षेत्र जलमग्न भएको छ। जलभराउको कारण मानिसहरूलाई विविध समस्याको सामना गर्न परिरहेको छ। यमुना किनारमा बसोबास गर्दै आइरहेका मानिसहरू आफ्नो पशुधनलाई लिएर सड़कमा बसेका छन् जसले गर्दा कतिपय क्षेत्रहरूमा जामको स्थिति उत्पन्न भएको छ। दिल्लीमा भइरहेको वर्षाले मानिसहरूको समस्यालाई झन बढ़ाइदिएको छ। प्रशासनले मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। दिल्ली सरकारका सबै विभाग सतर्क छन्।

हरियाणाको हथिनी कुण्ड बाँधबाट लगातार पानी छोड़िएकोले उर्लिएको यमुना र पछिल्लो केही दिनदेखिको भइरहेको अविरल वर्षाको कारणले राजधानीका केही भागहरू पानीमा डुबेका छन्। सिभिल लाइनको बेला रोडस्थित स्वामी नारायण मन्दिरमा पानी भरिएको छ। आईएसबीटी कश्मीरी गेट वरिपरी गत बुधवारदेखि जलभराउको स्थिति उत्पन्न भएको छ जसकारण यातायातको गति मन्द भएको छ। राष्ट्रिय राजधानीमा बाढ़ी आउने चेताउनी पछिल्लो केही दिनदेखिकै जारी गरिएको छ। दिल्लीको निगमबोध घाट रवासुदेव घाट पनि पानीमा डुबेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande