सोनादा, 05 सेप्टेम्बर (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा सोनादा पचेङ समष्टि युवा शक्तिद्वारा शिक्षक दिवसको अवसरमा सोनादा क्षेत्रका विभिन्न विद्यालयहरुका शिक्षक शिक्षिकाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। युवा शक्ति सोनादा पचेङ समष्टि युवा शक्तिका अध्यक्ष माईकल गुरुङकाे नेतृत्वमा युवा शक्ति समूहद्वारा सोनादा परिसरमा रहेका विद्यालयहरुमा गएर शुभकामना व्यक्त गरिएको छ।
यस अवसरमा युवा शक्तिका समष्टि अध्यक्ष माईकल गुरुङ, सचिव दिनु राई, प्रवक्ता पर्वत रसाइली, सदस्य विशाल राई र सामदेन शेर्पा लगायत अन्य प्रतिनिधिहरु विद्यालयहरू पुगेर शिक्षकहरूलाई सम्मान जनाए। यस क्रममा सोनादा क्षेत्रका विद्यालयहरु माध्यमिक शिक्षा केन्द्र, शान्ति रानी प्राइमरी स्कूल, सन्त पिटर्स हाई स्कूल, ग्रीन हिल आईसीएससी स्कूल, सोनादा हाई स्कूल, न्यूटन हाई स्कूल, स्कट मिशन प्राइमरी स्कूल, रिगटोङ क्षेत्रका शिक्षक शिक्षिका अनि विद्यालयका प्रधान अध्यापक, शिक्षक शिक्षिकाहरुलाई शिक्षा दिवसकाे बधाई तथा शुभकामना व्यक्त गरियो।
यसका साथै, स्कूलद्वारा उच्च शिक्षा प्रदान गरी आफ्नो छात्र छात्राहरु विभिन्न गरिमामय पदहरु जस्तै, आर्मी अफिसर, नेट उत्तीर्ण गराउन तथा विभिन्न ओहोदामा पुग्न सफल भएकोमा सम्पूर्ण सोनादा पचेङ समष्टि युवा शक्तिकाे तर्फबाट सम्मान तथा विद्यालयकाे अझैं उत्तरोत्तर प्रगतिकाे कामना व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक