पश्चिम बंगालमा मतदाता सूची संशोधनलाई लिएर महत्वपूर्ण बैठक, मुख्य चुनाउ अधिकारीले कोलकातामा गर्नेछन् समीक्षा
पश्चिम बंगालमा मतदाता सूची संशोधनलाई लिएर महत्वपूर्ण बैठक, मुख्य चुनाउ अधिकारीले कोलकातामा गर्नेछन् समीक्षा


कोलकाता, 6 सेप्टेम्बर (हि.स.) । पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवालले 6 र 8 सेप्टेम्बरको दिन कोलकातामा दुई महत्वपूर्ण बैठक गर्ने भएका छन्। यी दुई बैठकपछि उनले मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारसित दिल्लीमा हुने बैठकमा सामेल हुनेछन्। यस राष्ट्रिय बैठकमा सबै राज्यका मुख्य निर्वाचन अधिकारीहरू सामेल हुनेछन् जसमा विशेष गहन पुनरीक्षण प्रक्रियामाथि चर्चा गरिनेछ।

मुख्य निर्वाचन अधिकारीद्वारा 6 सेप्टेम्बरमा पहिलो बैठक डाकिएको छ जसमा सीईओ कार्यालयका वरिष्ठ अधिकारीहरू उपस्थित रहनेछन्। 8 सेप्टेम्बरमा हुने दोस्रो बैठकमा राज्यका सबै जिल्लाधिकारीहरूलाई डाकिएको छ। जिल्लाधिकारीहरूले नै जिल्ला निर्वाचन अधिकारीको रूपमा दायित्व निर्वाह गर्नेछन्। यी दुवै बैठकबाट पश्चिम बंगालमा विशेष गहन पुनरीक्षक लागू गर्ने तयारीको मूल्यांकन गरिनेछ।

सीईओ कार्यालय सूत्रको भनाइ छ, यी चर्चाहरूबाट राज्यमा तयारीहरूको स्पष्ट तस्वीर सामु आउनेछ। यसैको आधारमा सीईओ मनोज कुमार अग्रवालले दिल्लीमा मुख्य चुनाउ आयुक्तको बैठकमा आफ्नो रिपोर्ट अनि सुझाउ राख्नेछन्। पश्चिम बंगालमा यस विशेष गहन पुनरीक्षणलाई लिएर राजनीतिक विवाद पनि सामु आएको छ। मुख्यमन्त्री ममता ब्यनर्जी र सत्तारुढ़ तृणमूल कंग्रेसले यस प्रक्रियाको विरोध गरिरहेको छ। उनको भनाइ छ, यसको उदेश्य अप्रत्यक्ष रूपमा एनआरसी र सीएए लागू गर्नु हो।

अर्कोतिर भारतीय जनता पार्टीको दाबी छ, तृणमूल कंग्रेसले यसकारणले विरोध गरिरहेको, किनभने पुनरीक्षणबाट ठूलो संख्यामा अवैध रोहिंग्या र बंगलादेशी अनुप्रवेशकारीहरूको नाम मतदाता सूचीबाट मेटिनसक्छ। स्मरण गराइन्छ, पश्चिम बंगालमा पछिल्लो पटक विशेष गहन पुनरीक्षण 2002 सालमा भएको थियो। यस वर्ष बिहारमा यो प्रक्रिया पूरा भइसकेको छ जहाँ विधानसभा चुनाउ प्रस्तावित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande