
पश्चिमी सिंहभूम, 17 जनवरी (हि.स.)। खुँटीको पड़हा राजा सोमा मुण्डा हत्या मामिलामा अहिलेसम्म पनि मुख्य आरोपीलाई पक्राउ नगरिएको कारणले रूष्ट आदिवासी संगठनहरूले शनिवार झारखण्ड बन्दको आह्वान गरे। बन्दको व्यापक प्रभाव पश्चिमी सिंहभूम जिल्लामा पनि देख्न पाइयो जहाँ बिहानदेखिकै सड़कहरू शून्य रहनका साथै जनजीवन पूर्ण रूपले प्रभावित रह्यो।
आदिवासी मुण्डा समाज, आदिवासी एकता मञ्च, आदिवासी स्वशासन एकता मञ्च र आदिवासी हो महासभा सहित केही सामाजिक संगठनहरूका कार्यकर्ताहरू बिहानदेखिकै सड़कमा उत्रिए। बन्द समर्थकहरूले मानिसहरूसित दोकानपाट, प्रतिष्ठान तथा वाहनहरूलाई बन्द राख्ने अपील गरे। चाईबासाको गीतिलपी चौक र चाईबासा-हाता मुख्य सड़कको बाइपास चौक निकट टायर बालेर सड़क जाम गरियो जसबाट यातायात पूर्ण रूपमा ठप्प भयो। सड़कमा वाहनहरूको लामो ताँत देखियो। आवागमन पूर्ण रूपमा बाधित रह्यो।
बन्दको प्रभाव सार्वजनिक परिवहनमा पनि स्पष्ट देखियो चाईबासा बस स्ट्याण्डदेखि राँची, जमशेदपुर, जगन्नाथपुर सहित अन्य स्थानहरू तर्फ प्रस्थान हुने यात्री बस सेवा पूर्ण रूपले बन्द रह्यो जसबाट यात्रीहरूलाई ठूलो समस्याको सामना गर्नु पऱ्यो। जगन्नाथपुर र चक्रधरपुर अनुमण्डलमा पनि बन्दको मिश्रित प्रभाव देखियो जहाँ साना-ठूला सबै प्रकारका वाहनहरू ठप्प रह्यो। अधिकांश दोकानपाट एवं प्रतिष्ठानहरू बन्द रहे।
आदिवासी संगठनहरूको भनाइ छ, यस हत्याकाण्डमा अहिलेसम्म गरिएको कारबाही देखावटी मात्र हो। असली शुटर, मुख्य षड़यन्त्रकारी तथा भूमि माफिया अहिले पनि पुलिसको कब्जादेखि बाहिर छ। संगठनहरूले यसलाई कुनै व्यक्तिगत घटना नभएर जमीन, जंगल र जलको रक्षाको लागि उठ्ने संघर्षशील आवाजलाई दबाउने सुनियोजित षड़यन्त्र बताएका छन्।
उनीहरूको आरोप छ, अहिलेसम्ममा सातजना मानिसहरूलाई पक्राउ गरिएको भए पनि हत्याको षड़यन्त्र रच्ने तथा त्यसलाई परिणाम दिने अपराधीहरू अहिले पनि भागेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा