मालदा : स्लीपर वन्दे भारतको पहिलो यात्रापूर्व हाई अलर्ट, ढुङ्गामुड़ा हुने आशंकाले बढ़ाइयो सुरक्षा
मालदा : स्लीपर वन्दे भारतको पहिलो यात्रापूर्व हाई अलर्ट, ढुङ्गामुड़ा हुने आशंकाले बढ़ाइयो सुरक्षा


मालदा , 17 जनवरी (हि.स)। मालदामा प्रधानमन्त्री नरेन्द्र मोदी औ रेल मन्त्री अश्विनी वैष्णवको दौड़ाहलाई मध्यनजर गर्दै रेलवे प्रशासन पूर्ण रूपमा सतर्क भएको छ। देशको पहिलो स्लीपर वन्दे भारत ट्रेन शुरूआत हुनपूर्व मालदा रेल डिभीजनमा सुरक्षाको कड़ा व्यवस्था गरिएको छ। सूत्र मुताविक स्पीलर वन्दे भारतमा ढुङ्गामुड़ा हुनसक्ने चेताउनी रेलवेलाई प्राप्त भएको छ। यसैलाई केन्द्र गर्दै रेलवे अधिकारीहरू सक्रिय भएका छन्।

स्लीपर वन्दे भारतको सुरक्षाको लागि आरपीएफका लगभग पाँच अतिरिक्त कम्पनी मालदामा आइसकेको छ। मालदादेखि कामाख्या तर्फ जाने ट्रेन मार्गमा कुमेदपुरसम्म रेल लाइनका दुवै तिर आरपीएफ जवानहरूलाई तैनाथ गरिँदैछ। रेल मन्त्री अश्विनी वैष्णवले पहिला नै स्पष्ट चेताउनी दिसकेका छन्, यदि कुनै चल्ती ट्रेनमा ढुङ्गामुड़ा भयो भने त्यसको विरोधमा कड़ा कारबाही गरिनेछ।

रेलवेको पक्षबाट एक आधिकारिक विज्ञप्ति जारी गरी प्रशासन अनि आरपीएफलाई सतर्क गरिएको छ। पत्रमा बताइएको छ, एक ई-मेलको माध्यमबाट सूचना प्राप्त भएको छ, मालदा, जमिरघाटा, खालतीपुर, चामाग्राम, न्यू फरक्का, बल्लालपुर, धुलियान, बसुदेबपुर र तिलडांगा स्टेशनबाट ट्रेन प्रस्थान हुनसाथ केही असामाजिक तत्वहरूले ढुङ्गामुड़ा गर्नसक्छन्। यसको साथै प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध कालो झण्डा देखाउने आशंका पनि व्यक्त गरिएको छ। त्यसैले कानून-व्यवस्थालाई कायम राख्न तथा कार्यक्रमलाई शान्तिपूर्ण ढंगमा सम्पन्न गराउनको लागाि स्टेशन क्षेत्रमा पर्याप्त मात्रामा अधिकारी एवं सुरक्षाकर्मीहरूलाई तैनाथ गर्ने निर्देश दिइएको छ।

स्मरण गराइन्छ, पश्चिम बंगालमा पहिलो वन्दे भारत ट्रेन हावड़ादेखि न्यू जलपाईगुड़ी (एनजेपी)- बीच शुरू भएको थियो। त्यसको केही दिनपछि ट्रेनमा ढुङ्गामुड़ा भएको घटना प्रकाशमा आएको थियो जसबाट देशभरि नै चर्को प्रतिक्रिया देखिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande