
पानीपत, 17 जनवरी (हि.स.)। अन्धविश्वासमा फसेकी महिलालाई एकजना तान्त्रिकले दश दिनसम्म असमको जंगलमा बन्धक बनाएर दुष्कर्म गरिरह्यो। पुलिसले मामिला दर्ता गरी अग्रिम कारबाही शुरू गरेको छ। पीड़ित महिलाले पुलिसलाई बताई, लामो समयदेखिकै बिमार महिलाको छोरालाई शरीरमा पीड़ा हुन्थ्यो। आफ्नो छोराको कष्टको निदान गर्ने क्रममा महिला तान्त्रिकको सम्पर्कमा आई। तान्त्रिकले महिलालाई बतायो, उसको छोरामाथि कसैको छाया परेको छ जसलाई उसले आफ्नो तन्त्र विद्याबाट ठीक पार्नेछ। तान्त्रिकले महिलालाई यमुना नदीको किनारमा बोलायो जहाँ उसलाई केही 'प्रसाद' दिइयो। तीनपछि उसित फेरि सम्पर्क गरियो। गत 4 जनवरीमा आरोपीले महिलाको गाउँमै अटो पठायो ताकि उसलाई लैजा सकियोस्। बाटोमा तान्त्रिकले महिलालाई खान दियो जसमा केही नशालु पदार्थ मिसाएको थियो। खाना खानसात महिला अचेत भई। महिलाको चेत खोलिँदा उसले आफूले आफैलाई असमको घना जंगलमा निर्मित एउटा कोठाभित्र पाई। महिलाले बताई, उसलाई दश दिनसम्म बन्धक बनाएर राख्यो अनि यस अवदि उसित लगातार दुष्कर्म गरिरह्यो। जंगलभित्र उसको कुरा सुन्ने केही थिएन। असमपछि आरोपीले उसलाई गोरखपुरमा ल्यायो जहाँबाट उसलाई पुलिसले समात्यो। परिवारले बतायो, हराएपछि पुलिसमा सिकायत दर्ता गरिएको थियो। पुलिसले महिलाको लोकेशन ट्रेस गरेर गए शुक्रवार फेला पाऱ्यो। त्यसपछि पानीपतमा ल्याएर महिलाको मेडिकल जाँचपछि परिवारलाई सुम्पिइयो। पानीपत पुलिसले तान्त्रिकविरूद्ध मुद्दा दर्ता गरी कारबाही शुरू गरेको छ
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा