बंगालमा जाड़ो अन्तिम चरणमा, तापमानमा उतार-चढ़ाउ जारी
बंगालमा जाड़ो अन्तिम चरणमा, तापमानमा उतार-चढ़ाउ जारी


कोलकाता, 17 जनवरी (हि.स.)। कोलकाता सहित सम्पूर्ण पश्चिम बंगालमा अब जाड़ो विदाई तर्फ अग्रसर भइरहेको छ। मौसम विभागानुसार शनिवार पनि जाड़ोको प्रभाव महसूस गरियो, तर यसपछि मौसमको स्वरूप फेरिँदै जानेछ। आगामी सोमवारदेखि राज्यको मौसममा स्पष्ट बद्लाउ आउने सम्भावना छ जसबाट चिसो बिस्तारै कमजोर हुँदै जानेछ।

गए शुक्रवार अबेर राती कोलकाताको न्यूनतम तापमान 12.5 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा लगभग दुई डिग्री कम हो। दिनको अधिकतम तापमान 23.8 डिग्री रह्यो जुन औसत कम हो। मौसम वैज्ञानिकहरूको भनाइ छ, यो राहतपूर्ण चिसो मौसम सीमित समयको लागि मात्र हो। आगामी दिनमा तापमान बढ्नेछ।

पछिल्लो केही वर्षको छ रेकर्डलाई हेरियो भने माघ महिनाको शुरूआतसँगै चिसो घट्द गइरहेको छ। पछिल्लो वर्ष 2025-को जनवरीको दोस्रो सातापछि तापमान लगभग 12 डिग्री रहेको थियो। वर्ष 2024-मा जनवरीको अन्तमा न्यूनतम तापमान दर्ता गरिएको थियो भने वर्ष 2023-को जनवरीको पहिलो सातापछि रातको तापमान 12 डिग्रीभन्दा तल झरेन। भपरोक्त आँकड़ाहरूको आधारमा विशेषज्ञहरूले अनुमान लगाएका छन्, यस वर्ष पनि जाड़ोले अपेक्षाकृत चाँड़ै विदा लिनेछ अनि गर्मीको आगमन सामान्यभन्दा पहिला नै हुनेछ।

जनवरी, 2026 यस दृष्टिले विशेष रहेको छ, किनभने कोलकातामा लगातार दुई रातसम्म तापमान 10 डिग्री लगभग रह्यो जुन वर्ष 20213 पछि पहिलो पटक भएको हो। मौसम विभाग अनुसार यस सत्रमा वास्तविक जाड़ोको प्रभाव 25 दिसम्बरदेखि महसूस गरियो अनि आइतवारसम्म यस्तै रहने आशा छ। त्यसपछि दक्षिण बंगालमा हल्का चिसोसितै मौसम आरामदायक हुनेछ।

अलिपुर मौसम कार्यालयको रिपोर्ट मुताविक शनिवार दक्षिण बंगालका केही भागहरूमा न्यूनतम तापमान सिंगल डिजिटमा दर्ता गरियो। श्रीनिकेतनमा तापमान 7.6 डिग्री सेल्सियससम्म घट्यो। उत्तर बंगालका मैदानी क्षेत्रहरूमा पनि सिंगल डिजिट तापमान रेकर्ड भयो। सम्पूर्ण राज्यमा सबैभन्दा कम तापमान दार्जीलिङमा दर्ता गरियो जहाँको पारा चार डिग्री सेल्सियससम्म पुग्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande