
रोहतक, 04 जनवरी (हि.स.)। डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमले एक पटक फेरि 40 दिनको पेरोल पाएका छन्। राम रहीम जेलबाट 15औं पटक बाहिर आइरहेका छन्। जानकारी अनुसार, चालीस दिन पेरोल अवधि उनी सिरसास्थित आफ्नो डेरामा बस्नेछन्।
आइतवार डेरा प्रमुख राम रहीमलाई प्रशासनको तर्फबाट 40 दिनको पेरोल दिइयो। सुरक्षालाई ध्यानमा राख्दै जेल परिसरमा अतिरिक्त प्रबन्ध गरिएको छ। राम रहीमको पेरोललाई लिएर पत्रकार रामचन्द्र छत्रपतिको छोरा अंशुलले पनि प्रश्न उठाएका थिए। उनले भनेका थिए, राम रहीम कुनै सामान्य कैदी होइनन्, उनी एक हार्डकोर क्रिमिनल कैदी हुन्।
सरकारले उच्च न्यायालयलाई भनेको थियो, राम रहीमलाई जेल नियमानुसार पेरोल दिइएको हो। डेरा सच्चा सौदा प्रमुखले पेरोल पाएको खबरपछि डेरा अनुयायीहरूमा खुशीको लहर छाएको छ। जनवरी महिना डेराका दोस्रो गुरु शाह सतनाम जी महाराजको जन्म महिना हो। हरेक वर्ष 25 जनवरीमा डेरामा भव्य आयोजन हुन्छ। डेरा प्रमुखले पेरोल पाएपछि सिरसामा उनको आगमनलाई लिएर तयारी शुरू भएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी