
गुवाहाटी, 5 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले कार्बी समुदायको प्रमुख पारम्परिक धार्मिक पर्व रन्गकेर कार्कलीको पावन अवसरमा कार्बी दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई हार्दिक शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आज आफ्नो सोशल मीडिया सन्देशमा भने, शीतकालमा मनाइने रन्गकेर कार्कली कार्बी जनजातिको एक महत्वपूर्ण पारम्परिक तिहार हो जसको मुख्य उद्देश्य राम्रो फसल, गाउँका मानिसहरूको कल्याणको लागि स्थानीय देवी-देवताहरूको आधारना गर्नु तथा अमंगललाई हटाउनु हो।
डा. सरमाले यस पर्वलाई आस्था, एकता औ समृद्धिको प्रतीक बताउँदै कामना गरे, यो उत्सवले सबैको जीवनमा सुख, शान्ति, सौहार्द तथा समग्र कल्याण लिएर आवोस्। उनले यस पवित्र दिनमा सबैको कुशलता र मंगलको लागि ईश्वरसित प्रार्थना पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा