
गुवाहाटी, 5 जनवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले वरिष्ठ भाजपा नेता एवं पूर्व केन्द्रिय मन्त्री डा. मुरली मनोहर जोशीलाई उनको जन्मदिनको अवसरमा हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, डा. जोशीले राष्ट्रको लागि दीर्घकालीक तथा अमूल्य योगदान दिएका छन्। उनले सदैव राष्ट्रिय हितको रक्षालाई सर्वोच्च प्राथमिकता दिँदै माँ भारतीको सेवा गरेका छन्।
डा. सरमाले माँ कामाख्या र श्रीमन्त शंकरदेवसित डा. मुरली मनोहर जोशीको उत्तम स्वास्थ्य औ दीर्घायुको प्रार्थना गर्दै उनको स्वस्थ एवं मंगलमय जीवनको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा