कल्याण सिंहको जयन्तीमा गृहमन्त्री समेत भाजपा नेताहरूले दिए श्रद्धाञ्जलि
कल्याण


नयाँ दिल्ली, 05 जनवरी (हि.स.)। उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री, राजस्थानका पूर्व राज्यपाल र पद्मविभूषणले सम्मानित प्रखर राष्ट्रवादी नेता स्वर्गीय कल्याण सिंह बाबुजी लाई उनको जयन्तीमा भाजपा नेताहरूले हार्दिक श्रद्धाञ्जली अर्पण गरे। राम मन्दिर आन्दोलनमा उनको महत्वपूर्ण भूमिका र सुशासनको प्रतीकको रूपमा उनको सम्झना गरियो। कल्याण सिंहको जन्म 05 जनवरी 1932 मा भएको थियो। उनी राम मन्दिर आन्दोलनका एक प्रमुख नेता थिए र आफ्ना सिद्धान्तहरूका लागि शक्ति त्याग गर्नका लागि परिचित थिए।

केन्द्रिय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल प्लेटफार्म एक्समा भनेका छन्, म प्रखर राष्ट्रवादी नेता सम्मानित कल्याण सिंहलाई उनको जयन्तीमा उनलाई सद्धापूर्ण नमन गर्दछु। उत्तर प्रदेशमा अपराधमुक्त शासनको प्रतीक कल्याण सिंहले देशको सम्पदा र सांस्कृतिक स्वाभिमानको रक्षा गर्ने सिद्धान्तहरूसित कहिल्यै सम्झौता गरेनन् र आफ्नो वैचारिक मूल्यमान्यतामा अडिग रहँदै सत्ता त्यागे। जनकल्याण र जनसेवाको लागि उनको काम अझैं पनि यादगार छ।

सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उनलाई वरिष्ठ भाजपा नेता तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्रीको रूपमा सम्झँदै विनम्र श्रद्धाञ्जली अर्पण गरे।

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले भने, श्री राम मन्दिर आन्दोलनका प्रणेता, वरिष्ठ नेता, राजस्थानका पूर्व राज्यपाल र उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री, 'पद्म विभूषण' पूज्य कल्याण सिंह 'बाबुजी' लाई उनको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्दछु। बाबुजीले आफ्नो जीवन गरीब र सीमान्तकृत वर्गको उत्थानमा समर्पित गरे। अयोध्यामा रामलला जन्मभूमि आन्दोलनमा उनको योगदान प्रशंसनीय छ। जनसेवा र संगठन विस्तारमा उनको प्रयास लाखौं कार्यकर्ताहरूको लागि प्रेरणाश्रोत हो।

भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनले उनलाई भारतीय राजनीतिमा एक उच्च व्यक्तित्व, एक कट्टर राष्ट्रवादी र भगवान रामका कट्टर भक्त भन्दै श्रद्धाञ्जली अर्पण गरे। उनले भने, उनको अनुकरणीय जीवनले राष्ट्रिय सेवाप्रतिको हाम्रो प्रतिबद्धतालाई निरन्तर बलियो बनाउनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande