परिवारिक विवादमा युवकले गऱ्यो आत्महत्या
परिवारिक विवादमा युवकले गऱ्यो आत्महत्या


नयाँ दिल्ली, 05 जनवरी (हि.स.)। दक्षिण-पूर्वी जिल्लाको बदरपुर थाना क्षेत्र अन्तर्गत बीआईडब्ल्यू क्याम्प, गौतमपुरीमा बितेको आइतवार बिहान एकजना युवकले गलफन्दा लगाएर आत्महत्या गऱ्यो। मृतकको पहिचान बुलन्दशहर(उप्र) निवासी अजब सिंह (32)- को रूपमा भएको छ। पुलिसले सोमवार शवको पोस्टमर्टम गराएपछि परिवारलाई सुम्पिदियो। घटनास्थलबाट पुलिसले कुनै सुसाइड नोट फेला पारेन। हाल पुलिसले अजब सिंहका परिवारसित जाँचबुझ गरिरहेको छ।

दक्षिण-पूर्वी जिल्लाका पुलिस उपायुक्त हेमन्त तिवारीले सोमवार बताए, गए आइतवार बिहान लगभग 9:05 बजे पीसीआरलाई बीआईडब्ल्यू क्याम्पमा घरेलु विवाद भएको सूचना प्राप्त भएको थियो। सूचना पाउनसाथ बदरपुर थाना पुलिस घटनास्थलमा पुग्यो। त्यहाँ पहिलो तलामा अवस्थित एउटा कोठामा युवकको शव थियो।

प्रारम्भिक जाँचमा सामु आएको छ, अजब सिंह आफ्नी पत्नी पुष्पालाई मनाउनको लागि दिल्ली आएका थिए जो आपसी वैवाहिक विवादको कारणले माइतमै बस्दै आइरहेकी छन्। परिवारले पत्नीलाई उसित पठाउन अस्वीकार गरेपछि युवकले आफूलाई कोटामा बन्द गऱ्यो। लामो समयसम्म ढोका नखोलेको कारणले पुलिसलाई ढोका नै भत्काउनु पऱ्यो जहाँ युवकको शव पंखामा झुण्डिरहेको भेटियो। परिवारले कुनै पनि प्रकारको षड़यन्त्र वा हत्या भएको हुनसक्ने आशंकालाई अस्वीकार गरेको छ। उनीहरूको बयान पुलिसले दर्ता गरेको छ। हाल पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande