
जोरहाट (असम), 05 जनवरी (हि.स.)। असमको मोरियानी रेलवे स्टेशनमा सुरक्षा एजेन्सीहरूले कारबाही गर्दै 20 लाख रुपियाँभन्दा अधिक मूल्यको ड्रग्ससितै एकजना तस्करलाई पक्राउ गरेको छ।
पुलिस प्रवक्ताले आज बतायो, पक्रा पर्ने तस्करको पहिचान बिहार निवासी राजू कुमार रामको रूपमा भएको छ। उक्त ड्रग्स नियमित जाँचको क्रममा विवेक एक्सप्रेस डाउनबाट जफत गरिएको हो। आधिकारिक सूत्र अनुसार ड्रग्सलाई होजाईदेखि तिनसुकिया तर्फ लगिंदैथ्यो बीच बाटो मोरियानी रेलवे स्टेशनमै समातियो। प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिँदैछ, यस खेपलाई माथिल्लो असममा सप्लाई गर्नुथ्यो।
सुरक्षा एजेन्सीहरूले मामिलाको विस्तृत जाँच शुरू गरेका छन् साथै ड्रग्स तस्करीसित जोड़िएका अन्य मानिसहरूलाई पनि चिन्हित गर्ने प्रयास गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा