
गोलाघाट (असम), 5 जनवरी (हि.स.): असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, राज्यमा अवैध अतिक्रमण विरोधी अभियान लगातार जारी रहनेछ। उनले बताए, वर्तमान असममा 20 लाख बिघाभन्दा अधिक भूमि अवैध कब्जामा छ जसलाई सरकारले अतिक्रमण मुक्त गराउनेछ। मुख्यमन्त्रीले सोमवार सरूपथारमा आयोजित एक कार्यक्रममा भएपछि पत्रकारहरूसित बातचित गरिरहेका थिए।
पीपुल्स पल्स नामक संस्थाको एग्जिट पोलमाथि प्रतिक्रिया व्यक्त गर्दै मुख्यमन्त्रीले भने, हाल देखाइरहेको परिणाम न्यूनतम र प्रारम्भिक हो। उनले भने, भारतीय जनता पार्टी (भाजपा)-लाई अझ अगाड़ि बढ़्नुछ तथा वास्तविक स्थिति फरवरीमा झन् स्पष्ट हुनेछ। उनले यो पनि प्रष्ट पारे, अहिलेसम्म एजीपी–भाजपाबीच सीटहरूलाई लिएर कुनै अन्तिम सम्झौता भएको छैन।
मुख्यमन्त्रीले भने, भाजपाको एकमात्र लक्ष्य जनताको आशीर्वाद प्राप्त गर्नु हो। उनलाई पूर्ण विस्वास छ, जनताको समर्थनले राज्यमा भाजपाको नेतृत्वमा तेस्रो पटक सरकार बन्नेछ। उनले बल दिँदै भने, असममा उपाधि वा पहिचान आधारित राजनीति चल्दैन, जबकि यहाँ विकासको राजनीतिलाई नै स्वीकार गरिन्छ। अखिल
गोगोई औ गौरव गोगोईलाई लक्षित गर्दै मुख्यमन्त्रीले भने, उनीहरू यो बुझ्न असफल भइरहेका छन् कि असममा यस किसिमको राजनीति चल्दैन। उनले आरोप लगाए, विपक्षी नेताहरूले स्वयं यस्तो बयान दिन्छन् जसबाट असमलाई नेपाल वा बंगलादेश बनाउने कुरा अगाड़ि आउँछ। उनले चेताउनी दिए, उनीहरूलाई भोट दिनु राज्यको हितमा हुनेछैन।
यसपूर्व मुख्यमन्त्रीले सरुपथारमा बरपथार उच्चतर माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे। यस अवसरमा उनले भने, राज्य सरकार शिक्षाको बुनियादी ढाँचालाई सशक्त बनाउनको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा