बाँसबेड़िया स्टेशन निकट प्यान्टोग्राफ भाँचिएर हावड़ा-काटवा शाखामा ट्रेन सेवा बाधित
बाँसबेड़िया स्टेशन निकट प्यान्टोग्राफ भाँचिएर हावड़ा-काटवा शाखामा ट्रेन सेवा बाधित


हुगली, 05 जनवरी (हि. स.)। हावड़ा–काटवा रेल शाखाको बाँसबेड़िया स्टेशन नजिक गए आइतवार साँझ एउटा ट्रेनको प्यान्टोग्राफ भाँचिएर झरेको कारणले रेल परिचालन ठप्प भयो। यसले गर्दा चुचुड़ा लगायत धेरैवटा स्टेशनहरूमा ट्रेनहरूलाई लामो समयसम्म बस्नुपऱ्यो। यात्रीहरूलाई विभिन्न असुविधाहरूको सामना गर्नुपऱ्यो।

रेल सूत्र अनुसार गए आइतवार साँझ बाँसबेड़िया स्टेशन नजिक ओभरहेड तारसित जोड़िएको प्यान्टोग्राफ भाँचियो जसले गर्दा ट्रेनको गति रोकियो। घटना बारे सूचना पाउनसाथ रेलवेका इञ्जीनियर तथा तकनिकी कर्मचारीहरू घटनास्थलमा पुगेर मरम्मत कार्यमा जुटे। तकनिकी खराबीको कारणले अप ब्याण्डेल र अप काटवा लाइनमा ट्रेन परिचालन पूर्ण रूपले ठप्प भयो। चुचुड़ा स्टेशनको प्लेटफर्म नम्बर-3 मा अप काटवा लोकल एक घण्टाभन्दा अधिक समयसम्म बस्यो भने डाउन लाइन र रिभर्स लाइनको माध्यमबाट ब्याण्डेल अनि बर्दवान मेन लाइनका ट्रेनहरूलाई संचालन गरिँदैछ। तथापि काटवा लोकल फसेको कारणले यात्रीहरूको समस्या बढ़्यो। ब्याण्डेल स्टेशनमा प्रवेश गर्नपूर्व हावड़ा-बर्दवान मेन लोकल पनि रोकियो।

---

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande