
कोलकाता, 05 जनवरी (हि.स.)। नवनिर्मित जनता उन्नयन पार्टी (जेयूपी)- का नेता औ निलम्बित तृणमूल विधायक हुमायुँ कबीरले सोमवार कोलकाताको ब्रिगेड परेड ग्राउण्डको दौड़ाह गरी प्रस्तावित मेगा राजनीतिक ऱ्यालीको लागि स्थलगत निरीक्षण गरे। कबीरले संकेत दिए, यो ऱ्याली आगामी महिनाको शुरूआतमा आयोजना हुनसक्छ। उनले भने, यसको लागि प्रशासनसित अनुमति लिइनेछ, तथापि अहिलेसम्म निश्चित मिति घोषणा गरिएको छैन।
निरीक्षण अवधि तृणमूल समर्थकहरूको एक समूहले हुमायुँको विरोधमा नाराबाजी गरे साथै उनलाई भारतीय जनता पार्टीको एजेन्ट बताउँदै ‘गो ब्याक’- को नारा पनि लगाए। प्रदर्शनकारीहरूले केही समयसम्म उनको वाहनलाई घेरेर घटनास्थलमा विरोध प्रदर्शन गरे।
प्रदर्शनलाई लिएर प्रतिक्रिया व्यक्त गर्दै हुमायुँले भने, सत्तासिन दल डराएको छ। उनले आफ्नो शक्तिको जवाफ प्रस्तावित ऱ्यालीको माध्यमबाट दिनेछन्। उनले स्पष्ट पारे, 2026-को विधानसभा चुनाउमा उनको मुख्य उद्देश्य भ्रष्ट तृणमूल सरकारलाई सत्ताच्युत पार्नु र राज्यमा पारदर्शी शासन व्यवस्था स्थापना गर्नु हो।
स्मरण गराइन्छ, मुर्शिदाबादमा बाबरी मस्जिद जस्तै एउटा मस्जिद बनाउनको लागि आधारशिला राखेपछि तृणमूल कंग्रेस हुमायुँदेखि टाँड़िएको थियो। आफ्नो राजनीतिक उद्देश्लाई प्रष्ट पार्दै कबीरले मानिसहरूलाई समर्थन गर्ने अपील गरे अनि यसलाई राज्यको निम्ति आवश्यक राजनीतिक परिवर्तन बताए।
यस अवसरमा उनले वरिष्ठ नेता गनी खान चौधरीको राजनीतिक विरासतलाई उल्लेख गर्दै भने, एक समयमा ब्रिगेड मैदानको ऱ्याली कंग्रेसको निम्ति व्यापक जनसमर्थन तथा राजनीतिक प्रभावको प्रतीक हुन्थ्यो।हमायुँले दाबी गरे, उनको प्रस्तावित ऱ्यालीमा लगभग दश लाख मानिसहरूलाई जुटाउने लक्ष्य राखिएको छ जसलाई उनी बंगालको राजनीतिमा एउटा महत्वपूर्ण मोड़ मान्दछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा