
नयाँ दिल्ली, 05 जनवरी (हि.स.)। मध्य जिल्लाको करोल बाग थाना टीमले लुटको एक सन्त्राषपूर्ण घटनाको सफलतापूर्वक खुलासा गरेको छ। पुलिसले यस मामिलामा एकजना आरोपीलाई पक्राउ गरी उसको कब्जाबाट लुटेको रुपियाँको केही भाग, घटनामा प्रयोग गरेको स्कुटी तथा घटना हुँंदा लगाएको कपड़ा जफत गरेको छ। पुलिस भगौड़ा आरोपीहरूको खोजीमा जुटेको छ।
पुलिस अनुसार गत एक जनवरीको दिन करोल बाग थाना क्षेत्रमा लुटपात घटना भएको सूचना प्राप्त भएको थियो। मूल रूपमा मुजफ्फरपुर (उत्तर प्रदेश) निवासी सिकायतकर्ता 25 वर्षीय सुशीलले बताए, तिनी राती लगभग 10:45 बजे विष्णु मन्दिर मार्ग, करोल बाग नजिक आफ्नै वेगन आर कारमा बसेका थिए। यसै अवधि स्कुटी सवार दुई अज्ञात युवकहरू त्यहाँ आइपुगे।
आरोप छ, कालो रंगको हुडी लगाएको एकजना युवकले तिनीसित पैसाको माग गऱ्यो। अस्वीकार गर्दा आरोपी आक्रमक भयो अनि बलजफ्ती तिनलाई कारदेखि तानेर बाहिर निक्लायो। त्यसपछि उसले आफ्नो साथीलाई इशारा गऱ्यो। आरोपीले चक्कु देखाएर धम्कायो अनि ड्याशबोर्डबाट दश हजार रुपियाँ लुट्यो। त्यसपछि दुवै आरोपीले बाटो छेकेर कारमा ढुङ्गामुड़ा गरे जसले गर्दा वाहनको शिशा क्षतिग्रस्त भयो।
पीड़ितको सिकायतमा करोल बाग थाना पुलिसले सम्बन्धित धाराहरू अन्तर्गतमामिला दर्ता गरी जांच शुरू गऱ्यो। पुलिस टीमले घटनास्थल तथा यस वरपरको सीसीटीभी फुटेजको जाँच गर्नको साथै स्थानीय स्तरमा सूचना तन्त्रलाई सक्रिय बनायो। यसबीच पुलिसलाई आरोपी करोल बाग क्षेत्रमा रहेको सूचना प्राप्त भयो जसपश्चात धराप थापेर आरोपी हिमांशु मिश्रा (23)-लाई पक्राउ गऱ्यो।
करोल बाग निवासी हिमांशुले जाँचबुझमा न्यू ईयर सेलिब्रेशनको लागि आफ्नो साथीसित मिलेर लुटेको कुरालाई स्वीकार गऱ्यो। त्यसपछि उसले बताए अनुरूप लुटेको तीन हजार रुपियाँ, घटनामा प्रयोग गरेको स्कुटी र कपड़ालाई जफत गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा