
कोलकाता, 05 जनवरी (हि.स.)। कोलकाताको अहिरिटोला घाट नजिक गए आइतवार राती एकजना युवकले गंगा नदीमा हाम फालेको घटनाले कोकोहोलो मचायो। सूचना पाउनसाथ नर्थ पोर्ट थाना पुलिसले घटनास्थलमा पुगेर युवकलाई खोज्नको लागि नदीमा गोताखोरहरूलाई उतारेर सर्च अपरेशन शुरू गऱ्यो। घटना अवधि उक्त युवकसित रहेको उसको मित्रसित पुलिसले जाँचबुझ गरिरहेको छ।
पुलिस सूत्र अनुसार बेपत्ता युवकको पहिचान राज कुमार (35–40 वर्ष)-को रूपमा भएको छ जो मूल रूपमा बिहार निवासी थिए भने वर्तमानमा कामको सिलसिलामा हावड़ामा बस्दै आएका थिए। बितेको आइतवार अपरान्ह उ आफ्नो एकजना साथीसित अहिरिटोला घाटमा पुगेको थियो जहाँ दुवैले मदिरा सेवन गरे। साँझमा राज कुमारले अहिरिटोला घाटबाट लांचको माध्यमबाट हावड़ा फर्किने फसेला गऱ्यो। त्यसपछि उ आफ्नो साथीसित एउटा लांचमा सवार भयो। चिसो हावा र गंगाको दृश्यबीच लांचको डेकमा उभेका राजले अचानक नदीमा हाम फाल्यो।
नर्थ पोर्ट थानामा दिइएको बयानमा मित्रले बतायो, मदिरा सेवन गरेपछि राज धेरै खुशी थियो। उसले बातचित गरिरहेको थियो। गीत पनि गाइरहेको थियो। मित्र अनुसार अचानक उसले यस्तो कदम किन उठायो बुझ्नै सकिरहेको छुइनँ। उसले पुलिसलाई अझ बतायो, राजकुमारले आत्महत्या गर्ने उद्देश्यले होइन, खुशीको आवेगमा आएर गंगामा हाम फालेको थियो।
हाल पुलिसले मामिलाको जाँच शुरू गरेको छ। अर्कोतिर गोताखोरहरूको सहयोगले गंगामा सर्च अपरेशन जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा