खरसाङमा मुख्यमन्त्री ममता ब्यानर्जीको जन्मदिन पालन
TMC


खरसाङ, 05 जनवरी (हि.स.)। हिल तृणमूल कांग्रेसको माइनोरिटी सेलद्वारा आज खरसाङमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको 71औं जन्म दिन पालन गरियो। खरसाङको हिल तृणमूल कांग्रेसको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा केक काटेर मुख्यमन्त्रीको जन्मदिन मनाइयो।

यस अवसरमा हिल तृणमूल कांग्रेस माइनोरिटी सेलको दार्जिलिङ जिल्लाका उप सभापति सराफत अलि, खरसाङ टाउन कमिटीका उप सभापति असफक हुसेन लगायत अन्यहरु उपस्थित रहेका थिए।

हिल तृणमूल कांग्रेस माइनोरिटी सेलको दार्जिलिङ जिल्लाका उप सभापति सराफत अलिले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको जन्म 5 जनवरी, 1955 सालमा भएको बताए। उनले आफूहरु मुख्यमन्त्री ममता ब्यानर्जीको अगुवाईमा काम गर्न सदैव तयार रहेको र मुख्यमन्त्रीको अगुवाईमा काम गर्न खुशी लाग्ने पनि बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande