
नयाँ दिल्ली, ०५ जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सोमनाथ मन्दिरलाई भारतीय आत्माको शाश्वत उद्घोष बताउँदै भारतको महान संस्कृति र आध्यात्मिक विरासतले इतिहासभरि अनगिन्ती आक्रमणहरू सहनु परेको उल्लेख गरेका छन्। तथापि, देशवासीहरूको सामूहिक शक्तिले भारतीय सांस्कृतिक धरोहरलाई सधैँ अक्षुण्ण राखेको उनले बताए।
प्रधानमन्त्री मोदीले आफ्नो एक्स पोस्टमार्फत एक प्राचीन संस्कृत श्लोक उद्धृत गर्दै गहिरो सन्देश दिएका छन्–
वनानि दहतो वह्नेः सखा भवति मारुतः।
स एव दीपनाशाय कृशे कस्यास्ति सौहृदम् ॥
यस श्लोकको अर्थ हो— जंगल जलाउने आगोसँग हावा मित्र बन्छ, तर त्यही हावाले कमजोर दीपकको ज्योति निभाइदिन्छ। जो कमजोर अवस्थामा हानि पुर्याउँछ, त्यस्तो मित्रता कसले गर्छ?
प्रधानमन्त्रीले यस श्लोकमार्फत स्पष्ट पारेका छन् कि घृणा र उन्मादले केही समयका लागि विनाश गर्न सक्छ, तर शक्ति र विश्वासले अनन्तकालसम्म सृजन गर्छ। सोमनाथ मन्दिर पटक–पटक विध्वंस भए पनि पुनर्निर्माण हुँदै आएको छ, जुन भारतीय संस्कृतिको अटूटता र अमरत्वको प्रमाण हो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी