सन्देशखालीमा पुलिसमाथि हमला, मुख्य आरोपीको दाज्युलाई पुलिसले समात्यो
सन्देशखालीमा पुलिसमाथि हमला, मुख्य आरोपीको दाज्युलाई पुलिसले समात्यो


कोलकाता, 06 जनवरी (हि.स.)। सन्देशखालीमा पुलिसको वाहनमा भएको हमलाको मामिलामा पुलिसले ठूलो कारबाही गर्दै मुख्य आरोपी मूसा मोल्लाको दाज्यु मोर्तजा मोल्लालाई पक्राउ गरेको छ। गए आइतवार रातीदेखि सोमवार बिहानसम्ममा नजाट थाना पुलिसले यस मामिलामा थप तीनजना आरोपीहरूलाई पक्राउ गरिसकेको छ जसबाट यस मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या बढ़ेर 12 पुगेको छ। तथापि यस मामिलाको मुख्य आरोपी मूसा मोल्ला अहिले पनि भागेको छ।

पुलिस अनुसार मूसा मोल्लामाथि अवैध रूपमा जमीन कब्जाएको आरोप लागेको थियो। यसै सिकायतको आधारमा अदालतले त्यस जमीनमा 144 धारा लागू गरिदिएको थियो साथै कुनै पनि प्रकारको निर्माण कार्य गर्नदेकि रोक लगादिइएको थियो। आरोप छ, अदालतको आदेशलाई बेवास्ता गर्दै मूसाले गत शुक्रवार राती त्यस जमीनमा पर्खाल बनाउने काम शुरू गऱ्यो।

यसको सूचना पाएर राजबाड़ी पुलिस चौकीको टीम घटनास्थलमा पुग्यो। त्यसपछि पुलिसले बयारमारीस्थित मूसाको घरमा गएर उसलाई थानामा बोलायो। यसै अवधि मूसाले आफ्ना समर्थकहरूलाई फोन गरेर बोलायो जसले पुलिसमाथि हमला गऱ्यो। यस हमलामा चारजना पुलिसकर्मीहरू घाइते भए।

घटनापछि क्षेत्रमा तनाउ फैलियो। पुलिसले तुरून्त कारबाही गर्दै गत शनिवार 9 जना मानिसहरूलाई पक्राउ गरेको थियो। त्यसपछि आइतवार रातीदेखि सोमवार बिहानसम्ममा छापा मारेर थप तीनजना आरोपीहरूलाई पक्राउ गऱ्यो जसमा मूसको दाज्यु मोर्तजा मोल्ला पनि सामेल छ।

पुलिसको भनाइ छ, भगौड़ा मुख्य आरोपी मूसा मोल्लालाई खोजिरहेको छ। यस मामिलामा पक्रा पर्ने सबै आरोपीहरूलाई सोमवार बसिरहाट महकुमा अदालतमा पेश गरियो। पुलिसले आरोपीहरूलाई दश दिनको हिरासतमा राख्ने माग गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande