शुभेन्दु अधिकारीको ममता ब्यनर्जीमाथि हमला, एसआईआरलाई लिएर लगाए गम्भीर आरोप
शुभेन्दु अधिकारीको ममता ब्यनर्जीमाथि हमला, एसआईआरलाई लिएर लगाए गम्भीर आरोप


कोलकाता, 05 जनवरी (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले सोमवार सोशल मीडिया मञ्च एक्स (पूर्वमा ट्विटर)-मा एउटा पोस्ट गरी मुख्यमन्त्री ममता ब्यनर्जीमाथि चर्को हमला गरे। अधिकारीले दाबी गरे, उनले भारतका मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारलाई पत्र लेखेर स्पेशल इंटेंसिव रिभीजन (एसआईआर)-को सन्दर्भमा ममता ब्यनर्जीले लगाइरहेका आरोपहरूलाई “झुटो र मनगढ़न्ते” बताएका छन्।

शुभेन्दु अधिकारीले आफ्नो पोस्टमा भने, ममता ब्यनर्जीद्वारा एसआईआर प्रक्रियालाई लिएर व्यक्त गरिएको तथाकथित चिन्ताहरू पूर्ण रूपले “काल्पनिक” हो। वास्तवमा चुनाउ आयोगको यस पहलले तृणमूल कंग्रेसको वर्षौं पुरानो कथित गड़बड़ीलाई उजागार गरिरहेको छ।

उनले आरोप लगाए, एसआईआरको माध्यमबाट जाली मतदाता, मृत मानिसहरूको नाममा दर्ता भोटर तथा अवैध अनुप्रवेशकारीहरूको पहिचान उजागार भइरहेको छ जसलाई कथित रूपमा तृणमूल कंग्रेसले चुनाउमा धाँधली गर्नको लागि संरक्षण दियो। शुभेन्दु अधिकारीले यो पनि दाबी गरे, त्यसैले मुख्यमन्त्री ममता ब्यनर्जी भयभित भएर एसआईआर प्रक्रियालाई रोक्ने माग गरिरहेकी छन्।

पोस्टको अन्तमा शुभेन्दु अधिकारीले भने, एसआईआर प्रक्रिया वर्ष 2026-को विधानसभा चुनाउमा ममता ब्यनर्जीको राजनीतिक महत्वांकाक्षाको लागि “मृत्युको घण्टी” साबिहुनेछ।

यता यो समाचार लेखुञ्जेलसम्म तृणमूल कंग्रेसको पक्षबाट शुभेन्दु अधिकारीको यस पोस्टमा कुनै प्रतिक्रिया आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande