तृणमूल सांसद देवलाई एसआईआर सुनवाईको नोटिस
तृणमूल सांसद देवलाई एसआईआर सुनवाईको नोटिस


कोलकाता, 5 जनवरी (हि.स.)। विशेष गहन पुनरीक्षण (एसआईआर)- को सुनवाईको लागि तृणमूल कंग्रेस सांसद औ अभिनेता देवलाई नोटिस पठाइएको छ। सूत्र मुताविक यो जानकारी उनको क्षेत्रका कान्सिलरबाट प्राप्त भएको हो।

देव सहित परिवारका अन्य तीनजना सदस्यहरूलाई पनि सुनवाईको लागि बोलाइएको छ। भनिन्छ, उनको आवासमा नोटिस पुगिसकेको छ। अब हेर्नु यो छ कि देव र उनका आफन्तहरू तय मितिमा सुनवाईमा उपस्थित हुन्छन् कि हुँदैनन्।

चुनाउ आयोगका अधिकारीहरू अनुसार मतदाता फारममुनिको भाग जहाँ 2002 सालको लिंकसित सम्बन्धित जानकारी भर्नुपर्थ्यो, त्यो भागलाई पूरा गरिएको थिएन। त्यसैले नोटिस जारी गरिएको हो। भनिन्छ, सोही आवासका अन्य मानिसहरूलाई पनि यसै कारणले एसआईआर सुनवाईको लागि बोलाइएको हो।

यसैबीच सोमवार क्रिकेटर मोहम्मद शमीलाई पनि एसआईआर सुनवाईको लागि बोलाइएको थियो। तथापि म्याचको सिलसिलामा बाहिर गएका कारणले उनी उपस्थित हुन सकेनन्। अभिनेता कौशिक बन्द्योपाध्याय र लावणी सरकार भने सुनवाईमा सामेल भए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande