दिल्लीमा ‘रोड सेफ्टी मन्थ–2026’ को आयोजन, 39 हजारभन्दा अधिक मानिसहरूलाई बनाइयो जागरूक
दिल्लीमा ‘रोड सेफ्टी मन्थ–2026’ को आयोजन, 39 हजारभन्दा अधिक मानिसहरूलाई बनाइयो जागरूक


नयाँ दिल्ली, 05 जनवरी (हि.स.)। सड़क दुर्घटनाहरूमाथि लगाम कस्न तथा मानिसहरूमा यातायात नियमहरूप्रति जागरूकता बढ़ाउने ध्येय लिएर दिल्ली ट्राफिक पुलिसद्वारा 1 देखि आगामी 31 जनवरीसम्म ‘रोड सेफ्टी मन्थ–2026’ पालन गरिँदैछ। ट्राफिकका अतिरिक्त पुलिस आयुक्त सत्यवीर कटाराको निर्देशनमा राजधानीभरि नै विशेष जागरूकता अभियान संचालन गरिँदैछ।

अतिरिक्त पुलिस आयुक्त सत्यवीर कटाराले सोमवार बताए, दिल्ली ट्राफिक पुलिसको रोड सेफ्टी सेलले यस अभियान अन्तर्गत शहरका प्रमुख तथा अधिक यातायात हुने चौरस्ताहरूमा सड़क सुरक्षा जागरूकता कार्यक्रम आयोजना गऱ्यो। यी कार्यक्रमहरूको उद्देश्य वाहन चालक औ पैदल यात्रीहरूलाई यातायात नियमहरूको पालन, सुरक्षा उपकरणहरूको प्रयोग तथा सड़कमा आपसी सम्मानको महत्वप्रति संवेदनशील बनाउनु हो।

अभियान अवधि शक्ति नगर चौक, मोती नगर, सरदार पटेल मार्ग, मदरसा चौक (अरविन्दो मार्ग), उत्तम नगर रेड लाइट, मधुबन चौक, कड़कड़ी मोड़ रेड लाइट, बुराड़ी चौक, कौटिल्य मार्ग औ 11 मूर्ति समेत 11 वटा प्रमुख चौरस्ताहरूमा विशेष जागरूकता ड्राइभ संचालन गरियो। रोड सेफ्टी सेलका टीमहरूले घटनास्थलमा पुगेर वाहन चालकहरूसित सोझै सम्वाद गरे अनि सड़कसित सम्बन्धित महत्वपूर्ण सन्देश दिए।

मानिसहरूलाई हेलमेट र सीट बेल्टको अनिवार्य उपयोग, वाहन चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, लेन अनुशासनलाई कायम राख्ने तथा ट्राफिक सिग्नलाई कड़ाई पूर्वक पालन गर्ने सल्लाह दिइयो। यस अभियानलाई मानिसहरूको सकारात्मक सहयोग प्राप्त भइरहेको छ भने अहिलेसम्ममा 39,800 भन्दा अधिक सड़क उपयोगकर्ताहरूलाई जागरूकता गराइसकिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande